बहालवाला मन्त्री नै फरार

काठमाडौं। ठगी र किर्ते मुद्दामा फरार रहेका सुदूरपश्चिम प्रदेशका एक मन्त्रीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबीन अघि बढाएको छ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले आपराधिक गतिविधिबाटसमेत सम्पत्ति आर्जन गरेको सूचनाका आधारमा विभागले विस्तृत छानबीन अघि बढाएको आजको नयाँ पत्रिकामा समाचार छ।

रावलमाथि छानबीनका लागि विभागले नेपाल प्रहरीका एसपीको नेतृत्वमा विशेष टोली गठन गरेको छ।

टोलीले २० र २१ कात्तिकमा मन्त्रीको कारोबारसम्बन्धी कागजपत्रहरु जफत गरेको छ। एसपी कमल थापा नेतृत्वको टोली केही दिनयता सुदूरपश्चिममै बसेर उनीमाथि छानबीन थालेको हो।

मन्त्री रावलविरुद्ध गत ७ साउनमा जिल्ला अदालत कञ्चनपुरमा ठगी तथा किर्ते मुद्दा दायर भइसकेको छ।

सोही मुद्दाको ‘सम्बद्द मुद्दा’ का रूपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्ति छानबीन थालेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फरार अभियुक्तका रूपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो।

अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि प्रहरीले पक्राउ गरेको छैन।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले मन्त्री रावलविरुद्ध मुद्दा दायर भएको स्वीकारेका छन्।

मन्त्री रावलले प्रहरीले थाहै नदिई मुद्दा चलाएकाले अदालतमा उपस्थित भएर सबै बताउनु तर मुद्दा पर्दैमा राजीनामा भने नदिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्