नेपाल-युरोपेली संघ संयुक्त आयोगको बैठक आज
काठमाडौं। नेपाल–युरोपेली संघ संयुक्त आयोगको बैठक आज काठमाडौंमा हुँदैछ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव शङ्करदास वैरागी र संघको प्रतिनिधिमण्डलको नेतृत्व एसिया-प्रशान्त क्षेत्रका लागि संघका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले गर्ने छन्।

बैठकमा दुवै पक्षले आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली संघबीचको सम्बन्धका पक्षबारे विचारविमर्श गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा भाग लिने क्रममा काठमाडौंमा रहेको उक्त प्रतिनिधिमण्डलले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, अर्थमन्त्री डा. युवराज खतिवडा, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई बेग्लाबेग्लै भेटेर पारस्परिक हित र चासोका विषयमा छलफल गरेको थियो।

प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज नै शिष्टाचार भेट गर्ने कार्यक्रम छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्