मुख्य अभियुक्त आलमद्वारा प्रत्यक्षदर्शी र साक्षीलाई प्रलोभनमा पार्ने प्रयास
रौतहट। १२ वर्षअघि रौतहटमा भएको सामूहिक हत्याकाण्डका मुख्य अभियुक्त, पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्धको मुद्दामा रौतहट जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ।

आलममाथि २२ जना मजदूरहरूलाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग छ।
१८ कात्तिकमा उनीविरुद्द अदालतमा मुद्दा दायर भएपछि तीन दिनको बयानपश्चात २१ कात्तिकदेखि थुनछेक बहस शुरू भएको हो।

आलमको दबदबा र त्यसलाई सघाउने राज्यसंयन्त्रको रवैयाकै कारण यो हत्याकाण्डको फाइल १२ बर्षपछि खुलेपछि उनी बल्ल न्यायको कठघरामा तानिएका हुन्।

तर, मुख्य अभियुक्त आलमको त्यो दबदबा अदालतमा भइरहेको थुनछेक बहससम्म पुगेको छ।

आलमले घटनामा मारिएका ओसी अख्तर मियाँकी श्रीमतीसहितका प्रत्यक्षदर्शी र साक्षीलाई प्रलोभनमा पार्ने प्रयास गरेका छन्।

२७ चैत २०६४ मा संविधानसभा निर्वाचनको एक दिनअघि घटनामा मारिएका ओसी अख्तर मियाँकी श्रीमतीलाई प्रतिवादी पक्षले अदालतमा उपस्थित गराएर निवेदन दिन ल्याएको छ।

“थुनछेक बहस भइरहँदा घटनामा मारिएका ओसी अख्तरकी श्रीमतीलाई अदालत ल्याइएको थियो”, स्रोतले देखापढीसँग भन्यो, “ती महिलाले दिएको निवेदन अदालतमा पेश भएको छ।”

तर, इजलासले उक्त निवेदन दर्ता गरेन।

घटनाको अनुसन्धानको क्रममा तत्कालीन समयमा मृतककी श्रीमती अमना खातुनले उनकी सासु रोक्साना खातुनकै भनाइ उद्धृत गरेर श्रीमानलाई आलमका सहयोगीहरुले लिएर गएको र त्यहाँ भएको विष्फोटमा मारिएको भन्ने कागज गरिदिएकी थिईन्।

तर, २१ कात्तिकमा आलमका सहयोगीहरुले उनलाई अदालतमा ल्याएर अर्को निवेदन दिन लगाएका छन्।

मृतककी पत्नी अमना खातुनले तत्कालीन समयमा आफ्नो श्रीमान वैदेशिक रोजगारमा गएको र त्यहाँ मारिएको भन्ने व्यहोरा उल्लेख गरेर निवेदन दिएको स्रोतले बताएको छ।

“घटनामा अन्य प्रत्यक्षदर्शीलाई आर्थिक प्रलोभन, डर त्रास दिने लगायतका काम प्रतिवादी पक्षबाट भइरहेको छ” स्रोतले भन्यो, “यसमा सचेत हुनुपर्छ।”

आलमका सहयोगीहरूको त्रासबाट केही प्रत्यक्षदर्शी र साक्षीसमेत डराएपछि प्रहरीले उनीहरुको सुरक्षामा ध्यान दिएको छ।

आलमका सहयोगीहरुले मृतक ओसी अख्तरका छोरालाई ५ कठ्ठा जमिन र ५ लाख रुपैयाँ दिने प्रलोभन दिएको अडिओ समेत प्रहरीले फेला पारेको स्रोतले बतायो।

पहिलो संविधानसभा निर्वाचनको एक दिनअघि २७ चैत २०६४ को बेलुकी साढे ६ बजे तत्कालीन राजपुर फरहदवा गाविसमा रहेको आलमका काका शेख इद्रिसको घरमा बनाउँदै गरेको बम पड्किएर पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहितका व्यक्ति घाइते भएका थिए।

त्यसपछि घटना सार्वजनिक हुने डरले घाइतेहरूलाई आलमसमेतले सुरक्षाकर्मीको सहयोग लिएर गाउँकै एक व्यक्तिको इँटाभट्टाको चिम्नीमा जलाएर मारेको अभियोग छ।

२६ असोज २०७६ मा जिल्ला प्रहरी कार्यालय रौतहटले प्रतिनिधिसभामा रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद आलमलाई पक्राउ गरेको हो।

आलमसहित ११ जनाविरुद्ध १८ कात्तिकमा जिल्ला अदालत रौतहटमा दायर भएको मुद्धामा अहिले थुनछेक बहस भइरहेको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्