आलमबिरुद्ध रौतहट जिल्ला अदालतमा थुनछेक बहस जारी

रौतहट। बम बनाउने क्रममा भएको विष्फोटका घाइतेलाई जिउँदै जलाएको अभियोग लागेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्धको मुद्दामा आज रौतहट जिल्ला अदालतमा दोस्रो दिनको थुनछेक बहस जारी छ।

अदालतमा तीन दिनदेखि जारी आलमको बयान हिजो, २१ कात्तिकमा सकिएपछि थुनछेक बहस शुरू भएको थियो।

मुद्दाको पक्षका तर्फबाट महान्यायाधीवक्ता कार्यालयका सह-न्यायाधिवक्ता सूर्यप्रसाद दाहाल, उप-न्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला र जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले मात्र २१ कात्तिकमा बहस गरेका थिए।

आज दुवै पक्षका कानून व्यवसायीहरुले बहस गरिरहेका छन्।

आलमविरुद्ध रौतहट जिल्ला अदालतमा दायर भएको मुद्धामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विष्फोटसहित तीन वटा अभियोग लगाइएको छ।

२६ असोज २०७६ मा जिल्ला प्रहरी कार्यालय रौतहटले प्रतिनिधिसभामा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित आलमलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्