काठमाडौं । बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव भएपछि नेपाल राष्ट्र बैंकले एक अर्ब ६४ करोड रूपैयाँ विभिन्न बैंकमा निक्षेपका रुपमा जम्मा गर्ने तयारी गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक सकिए लगत्तै बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव देखिएको छ । यो कदमले तरलताको समस्या समाधान हुने राष्ट्र बैंकको विश्वास छ ।
राष्ट्र बैंकले बैंक, विकास बैंक र ‘ग’ वर्गका वित्तीय संस्थाको मुद्दती खातामा रकम जम्मा गर्ने तयारी गरेको छ । त्यसको लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निवेदन आह्वान गर्न आग्रह गरिसकेको छ ।
रकम वितरणका लागि राष्ट्र बैंकले तोकिएको न्यूनमत पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा पाँच प्रतिशतभन्दा कम भएको, आवासीय कर्जा तोकिएको सीमाभन्दा बढी नभएको लगायतका मापदण्ड तोकेको छ ।