एमसीसीविरूद्धको तीन दिवसीय खेलमा नेपाल २०८ रनले पराजित
काठमाडौं। बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँगको तीन दिवसीय खेलमा नेपाल २०८ रनले पराजित भएको छ।

टीयू क्रिकेट मैदान कीर्तिपुरमा आज ३९३ रनको लक्ष्य पाएको नेपाल ४०.३ ओभरमा १८४ रनम बनाउँदै अलआउट भयो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रन बनाए। राजु रिजालले ३१ तथा सन्दीप लामिछानेले २५ रनको योगदान गरे।

नेपालका दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र पन सर्राफ शून्य रनमा आउट भए।

यसैगरी कप्तान ज्ञानेन्द्र मल्ल ६, शदर भेषावकर १५, आरिफ शेख १९ र करण केसी १८ रनमा आउट भए।

एमसीसीका लागि ओलिभर हानोल डल्बीले पाँच विकेट लिए।
एमसीसीले पहिलो इनिङ्समा ३६४ रन बनाएको थियो भने नेपालले पहिलो इनिङ्समा १५३ रन बनायो।

एमसीसीले दोस्रो इनिङ्समा ६ विकेट गुमाएर १८१ रन बनाउँदै इनिङ्स समाप्तिको घोषणा गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्