नेपाल–ईयू बैठक काठमाडौंमा शुरु
काठमाडौं। नेपाल र युरोपेली संघ (ईयू) संयुक्त आयोगको बैठक काठमाडौं आजबाट शुरु भएको छ।

बैठकमा नेपाली प्रतिनिधि मण्डलको प्रतिनिधित्व परराष्ट्र सचिव शंकरदास वैरागीले गरेका छन्।

युरोपेली संघको तर्फबाट एशिया–प्रशान्त क्षेत्र हेर्ने नायव निर्देशक पाओला पम्पालोनीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्।

बैठकमा ईयूले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक तथा विकास सहायता र संयुक्त लगानीको विषयमा छलफल हुनेछ।

साथै ईयूले विश्वव्यापी रूपमा वकालत गर्दै आएको पर्यावरण संरक्षणसम्बन्धी नेपालमा हुँदै आएको कार्यक्रमको मूल्यांकन पनि गरिनेछ।

हरेक २ वर्षको अन्तरालमा हुने यो बैठक यो वर्ष काठमाडौमा भएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्