पश्चिमी लिबियामा ३९ अवैध आप्रवासी पक्राउ
लिबिया। पश्चिमी लिबियाको जुआरा शहरबाट ३९ जना अवैध आप्रवासी पक्राउ परेका छन्।
उनीहरू हिजाे पक्राउ परेकाे अधिकारीहरूले जानकारी दिएका छन्।
उक्त नगरको सुरक्षा विभागले दिएको जानकारीअनुसार ती आप्रवासीहरूको कुनै कागजात नभएको र अवैधरूपमा उनीहरुले यात्रा गरिरहेको पाएपछि नियन्त्रणमा लिइएको हो।
उनीहरू अवैधरूपमा अथवा विना कुनै कागजात सो क्षेत्रमा हिँड्डुल गरेको थाहा पाएपछि नियन्त्रणमा लिनु परेको प्रहरी अधिकारीले जानकारी दिएका छन्।
प्रहरीले प्रकाशन गरेको विज्ञप्तिमा ती नागरिकहरू बङ्गलादेशका रहेकाे खुलेको छ।
उनीहरूलाई शरणार्थी शिविरमा राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्