एमसीसीसँगको फराकिलो हारपछि सन्दीपले भने– ‘डेज क्रिकेटको फिल्ड सेटअपमा चुक्यौं

आफ्नाे डेब्यू तीन दिवसीय क्रिकेटमा शानदार प्रदर्शन गरेका लेग स्पीनर सन्दीप लामिछानेले नेपाली टीमकाे समग्रमा कमजाेर प्रदर्शनकाे कारण खाेतलेका छन्।

नेपाल भ्रमणमा अाएकाे बेलायतकाे मेरीलेबाेन क्रिकेट क्लब (एमसीसी)सँग २०८ रनले पराजित भएपछि पत्रकारहरूसँग सन्दीपले भने- "तीन दिवसीयमा हामी कम अनुभवी थियाैं, त्यहीकारण चुक्याैं।"

उनले क्रिकेटकाे याे फर्म्याट नेपाली टीमका अधिकांश सदस्यका लागि नयाँ भए पनि धेरै कुरा सिक्न पाएकाे बताए।

यस्ताे छ सन्दीपकाे प्रतिक्रियाः

शरद र सोमपाल दाइ बाहेक कसैले पनि पहिलो श्रेणीकाे क्रिकेट खेलेका थिएनन्। यो नयाँ फर्म्याट हो। सिक्ने कुरा धेरै नै थियो।

रातो बल हामी पहिलो पटक खेल्दै थियौं। नेपालले पाउने अवसरमध्ये यो पनि एक हो।

रातो बल क्रिकेटको अनुभव धेरै नहुँदा कमजोरी हुन पुग्यो। मलाई लाग्छ भविष्यमा हामी क्रिकेट धेरै खेल्दै जानेछौं र त्यसबाट लामो फर्म्याटमा सुधार पनि हुँदै जानेछ।

हाम्राे फिटनेश राम्रो थियो। तर, ब्याटिङ र बलिङमा हामी कमजोर भयौं।

मलाई लाग्छ बलिङमा हाम्रो योजनाले काम गरेन र डेज क्रिकेटको फिल्ड सेटअपमा पनि चुक्यौं।

ब्याटिङमा पनि हामीले सहजै विकेट गुमायाैं। त्यो अनुभवको कमीले हो।

एउटा टीम १०औं वर्षदेखि अभ्यास गरिरहेको थियो। अनुभवका रूपमा पनि हामी धेरै पछि पर्‍यौं।

पहिलो दिन ब्याटिङ गरिसकेपछि हामीले कसरी ब्याटिङ गर्ने भन्ने निर्णय गर्नुपर्छ।

टस जितेर बलिङ गर्दा के नेपालमा पनि यस्तो राम्रो विकेट बन्यो र भनेर म पनि आश्चर्यमा परें। जुन तरिकाले राम्रो खेलिरहेका थियौं, योजनामै चुक्यौं।

ढुक्कले खेल्ने र जसरी हुन्छ टीमलाई योगदान गर्नुपर्छ भन्ने दिमागमा थियो। पहिलो दिन फ्लोअनलाई हटाउँ भन्ने थियो। त्यतिकै हामी दबाबमा थियौं।

हामीसँग जित्ने लक्ष्य थियो, जस्तो लाग्दैन । चार सयको हाराहारी रन हाम्रा लागि असम्भव जस्तै थियो।

योजनाअनुसार जुन बल राम्रो हुन्छ, त्यसमा चलाएरै खेल्ने भन्ने थियो।

स्ट्राइक रोटेट गर्ने योजनामा हुँदा विकेट गयो।

प्रतिक्रिया दिनुहोस्