काठमाडौं। काठमाडौंको पशुपतिबाट गएका मोटरसाईकल यात्री डोल्पास्थित शे–फोक्सुण्डो ताल पुगेका छन्।
कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मनघरी फाउन्डेशन र नासा बुलेट क्लबको संयुक्त आयोजनामा टोली काठमाडौंको पशुपतिदेखि डोल्पाको शे–फोक्सुण्डोसम्म पुगेको हो।
डोल्पाको सदरमुकाम दुनैबाट शोक्सुण्डोसम्म मोटरसाईल गुड्न सक्ने बाटो नभएपछि उनीहरू त्यहाँबाट हिंडेरै तालसम्म पुगेका हुन्। फोक्सुण्डो नेपालकै गहिरो ताल हो।
कर्णाली प्रदेशको जाजरकोट, रुकुम (पश्चिम), सल्यान र डोल्पा जिल्लामा पर्यटकीय सम्भावना भएर पनि प्रवर्द्धन हुन नसको भन्दै पर्यटन प्रवर्द्धनका लागि मोटरसाईकल यात्रा गरिएको आयोजक मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले जानकारी दिए।
उनले भने, “जबसम्म केन्द्रीय राजधानीदेखि कर्णाली प्रदेशका पर्यटकीय स्थलहरू जोड्न सकिंदैन तबसम्म कर्णालीको पर्यटन प्रवर्द्धन हुँदैन। त्यसैले यो यात्रा गरिएको हो।”
टोली चार दिन लगाएर दुनै पुगेको थियो। पहिलो दिन काठमाडौंदेखि दाड, दोस्रो दिन जाजरकोट, तेस्रो दिन डोल्पाको त्रिपुराकोट र चौथो दिन दुनै बजार पुगेको थियो।
जाजरकोटदेखि डोल्पाको दुनैसम्मको सडक अफरोड रहेको छ।
बाटोमा पुल नहुँदा केही असहज भएको नासा बुलेट क्लबका अध्यक्ष प्रकाश लिम्बुले बताए । भर्खरै मात्र राष्ट्रिय सडक सञ्जालमा जोडिएको डोल्पा जिल्लामा नेपालकै गहिरो ताल शे–फोक्सुण्डो, विश्वकै उच्च मानव बस्ती धो–ताक्सी, २०५२ सालमा नेपालको हो भनेर पत्ता लागेको छार्का भोटको कु–गाउँ, नेपालकै एक मात्र शहरतारामा बोलिने काईके भाषा लगायत अनगन्ति प्रकृति सौन्दर्य भएर पनि उचित प्रचार–प्रसार हुन सकेको छैन।
मोटरसाईकल यात्राले केही हदसम्म भएपनि प्रचार–प्रसारमा सहयोग पुग्ने नेपाल बुद्धिजीवी परिषद् डोल्पाका अध्यक्ष आड बहादुर लामाको विश्वास छ।
" /> काठमाडौं। काठमाडौंको पशुपतिबाट गएका मोटरसाईकल यात्री डोल्पास्थित शे–फोक्सुण्डो ताल पुगेका छन्।

">