नेपाली यू-१९ क्रिकेट टाेली भाेलि भारत जाँदै
काठमाडौं। भारतको हैदराबादमा हुने यू-१९ च्यालेन्जर सिरिज खेल्न नेपालकाे यू-१९ क्रिकेट टाेली भाेलि भारत जाँदैछ।

रीत गाैतमकाे कप्तानीमा रहेकाे टाेलीलाई आज बिदाइ गरिएकाे छ।

नेपाली टीमलाई काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेल, आईसीसीका नेपालस्थित प्राेजेक्ट म्यानेजर रौनक मल्ल लगायतले बिदाइ गरे।

क्यान निलम्बन फुकुवा भएपछि क्यानले पहिलाे पटक टीमलाई बिदाइ गरेकाे हाे।

करिब साढे तीन वर्ष क्यान निलम्बनमा हुँदा क्यानले खेलाडी टाेलीलाई बिदा गर्न पाएकाे थिएन।

आगामी ११ नाेभेम्बरदेखि भारतमा शुरु हुने प्रतियोगितामा भारतको रेड, ब्लू र एल्लो गरी तीन र नेपालको एक टीम गरी कूल चार टीमले प्रतिस्पर्धा गर्नेछ।

नेपालले पहिलो खेल भारत एल्लोसँग ११ नाेभेम्बरमा खेल्नेछ।

नेपालले दोस्रो खेल १३ नाेभेम्बरमा भारतको रेड टीमसँग खेल्नेछ। १५ नाेभेम्बरमा ब्लु टीमसँग प्रतिस्पर्धा गर्नेछ।

राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टीमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

नेपाल यू-१९ ए टीमले त्यसकै तयारीस्वरूप काठमाडौंमा एमसीसीविरुद्ध पनि खेलेकाे थियाे, जुन खेलमा नेपाल ३८ रनले पराजित भएको थियाे।

रीत गौतमको कप्तानीमा रहेको टोलीमा लोकेशबहादुर बम, त्रितराज दास, विशालविक्रम केसी, खड्कबहादुर बोहरा, अभिषेक बस्नेत, हरिबहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, विवेककुमार यादव, सूर्य तामाङ, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द र प्रतिश जिसी छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्