रौतहट हत्याकाण्डः लामालाई हङकङबाट झिकाउन इन्टरपोलसँग सम्पर्क

काठमाडौं। रौतहटमा १२ बर्षअघि भएको सामूहिक हत्याकाण्डमा तानिएका सशस्त्र प्रहरीका पूर्वएसपी रामकृष्ण लामालाई झिकाउन नेपाल प्रहरीले पहल शुरू गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले अपराधसम्बन्धी प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)मार्फत् लामालाई झिकाउने पहल गरिदिन गत १५ कात्तिकमा प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखालाई पत्रमार्फत् अनुरोध गरेको थियो।

२७ चैत २०६४ मा रौतहटमा भएको विस्फोटमा घाइते भएका २२ जनालाई जलाएर मारेको घटनाका अनुसन्धान अधिृकत, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक पपु नायकले १५ कात्तिकमा शाखालाई पत्रचार गरेर लामालाई उपस्थित गराइदिन अनुरोध गरेका थिए।

सशस्त्र प्रहरीका पूर्वएसपी लामा रौतहट हत्याकाण्डका बेला त्यहीँ कार्यरत थिए ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले रौतहट प्रहरीको आग्रहपछि नेपाल प्रहरीले इन्टरपोलसँग सम्पर्क गरिरहेको देखापढीलाई बताए । “मुद्धामै विपक्षी नबनाइएकाले इन्टरपोललाई पत्राचार नै गर्न मिलेन, तर सोधीखोजी शुरू भएको छ”, उनले भने ।

पढ्नुहाेस्

‘आलम गम्भीर मानवताविरूद्धको अपराधमा संलग्‍न’

आलमले अदालतमा भने- ‘पक्राउ पूर्जी दिइएन’, मिसिल भन्छ– ‘पूर्जी बुझ्नै मानेनन्’

आलमविरुद्ध अर्को मुद्दाको तयारी, अदालतबाट छुटे सम्पत्ति शुद्धीकरणको फन्दा!

रौतहट हत्याकाण्डमा सशस्त्रका पूर्वएसपी पनि तानिए, इन्टरपोलमार्फत् हङकङबाट झिकाउने पहल

मुख्य अभियुक्त आलमद्वारा प्रत्यक्षदर्शी र साक्षीलाई प्रलोभनमा पार्ने प्रयास

आलमविरूद्ध महत्वपूर्ण प्रमाण पेश गरेका छौंः सरकारी वकील (भिडिओसहित)

आलमको पक्षमा बहस गर्न वरिष्‍ठ वकीलहरूको ओइरो

अदालतमा दिएको बयानमा आलमले के भने? (सवाल-जवाफसहित)

बयान दिएर अदालतबाट बाहिरिँदा आलमले भने- 'मेरो ठिक छ' (भिडिओ)