जर्जिया पठाउने भन्दै आठ लाख ठगी गर्ने पक्राउ
काठमाडौं।  नेपाल प्रहरीले जर्जिया पठाइदिने भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारको लागि जर्जिया पठाइदिन्छु भनी आठ लाख ५० हजार रूपैयाँ ठगी गर्ने दोलखाका रामकृष्ण राईलाई २१ कात्तिकमा मोरङबाट पक्राउ गरी काठमाडौं ल्याएर आज सार्वजनिक गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जर्जियामा ‘क्लिनर्स’मा जागिर लगाइदिने र उक्त कम्पनीले मासिक ९० हजार रूपैयाँ तलब र खान बस्ने सुविधा दिने भनी प्रलोभनमा पारेर ठगी गरेकाले राईलाई पक्राउ गरिएको जानकारी दिए।

“पक्राउ व्यक्तिले राजन राईसँग तीन लाख ५० हजार र ईन्द्र लिम्बूबाट पाँच लाख लिई ठगी गरेको अनुसन्धानमा खुल्न आएको छ”, उनले भने। पक्राउ परेका राईले अन्य व्यक्तिसँग पनि ठगी गरेको फेला परेको छ।

महाशाखाले पक्राउ परेका राईमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। –रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्