वीरगञ्ज । प्रदेश–२ को २१ स्थानमा ४६० हेक्टर जमीन भारतीय पक्षले अतिक्रमण गरेको छ ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक सीमासङ्ग्रामलाई आधार मान्दा भारतीय पक्षले पर्सामा २२७ हेक्टर, महोत्तरीमा १४ हेक्टर, रौतहटमा १५ हेक्टर, सप्तरीमा १४५ हेक्टर, बारामा ३६ हेक्टर, सर्लाहीमा १२ हेक्टर र सिरहामा ४१ हेक्टर जमीन अतिक्रमणमा परेको पाइएको हो ।
सीमास्तम्भ नभएका र क्षतिग्रस्त भएका कतिपय क्षेत्रमा भारतीय पक्षले अतिक्रमण गरी खेतीपाती गर्ने, गाईगोठ बनाएर भोगचलनसमेत गर्दै आइरहेको छ ।
सीमामा देखिएको समस्या समाधान गर्न नापी विभागलाई पत्राचार गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल प्रसाईंँले समस्या दुई देशबीचको भएकाले आफूले बोल्न उचित नहुने बताए । रासस