पाकिस्तान ब्याडमिन्टन सिरिजः नेपाली जोडी दिपेश र अमिता मिक्स डबल्सको फाइनलमा
<p style="text-align:justify">काठमाडौं । पाकिस्तान इन्टरनेशनल ब्याडमिन्टन सिरिजमा नेपाली खेलाडी मिक्स डबल्सको फाइनलमा प्रवेश गरेका छन्।</p>
<p style="text-align:justify">आज भएको सेमिफाइनल जित्दै नेपाली खेलाडीद्वय दिपेश धामी र अमिता गिरीको जोडी फाइनल पुगेको हो । </p>
<p style="text-align:justify">नेपाली जोडीले पाकिस्तानका मुहम्मद अली लारोस र गाजाला सदिकको जोडीलाई २१–१५, १८–२१, २१–१७ को सेटमा पराजित गरेको हो।</p>
<p style="text-align:justify">दिपेश र अमिताको जोडीले अब फाइनलमा हुसेन साइद र फतिमाथ नवाह अब्दुल रज्जाकको जोडीसँग खेल्नेछ।</p>