गुल्मी। गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वुखर्ककी ५४ वर्षीया मीनकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन। न त उनलाई घरबाट निस्कन मन लाग्छ, न त घरमा आएको कोही नयाँ पाहुनासँग बोल्न नै। कारण हो, दुई हप्ताअघि घर नजिकै तीन जनाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला पर्नु र अझैसम्म पनि हत्यारा पत्ता नलाग्नू।

चन्द्रकोट–२ स्थित हर्राचौरको जङ्गलमा १६ कात्तिक बिहान तीन वटा शव भेटिएका थिए। जसमध्ये एकजना महिला र दुई बालबालिका रहेका छन्। अन्दाजी २७ वर्षीया महिला, ११ र सात सात वर्षीया बालिकाको शव जङ्गलमा भेटिएको थियो। महिला र एक बालिकाको शव १० मिटर र अर्को बालिकाको शव २० मिटरको दूरीमा फेला परेको थियो। तर, अहिलेसम्म पनि न त शवको पहिचान हुन सकेको छ, न त हत्यारा नै पत्ता लागेको छ।

शव भेटिएको स्थानको केही तलपट्टि सार्कीको खर्‍यान पर्छ। जहाँ उनी दैनिक रूपमा घाँस, दाउराका लागि जानुपर्छ। तर, घटना थाहा पाएपछि भने उनी खर्‍यानमा जान सकेकी छैनन्। घरमा वृद्ध बुढाबुढी मात्रै बस्ने उनको पछिल्लो दिनचर्या त्रासमै कट्ने गरेको छ।

“घरमा बुढाबुढी मात्रै छौँ, कतैबाट आएर मार्छन् कि भन्ने डर लाग्छ”, उनले भनिन्, “घरबाट निस्कन पनि डर लाग्छ, तर काम नगरे खर्च चल्दैन।” यस्तो घटना यसभन्दा पहिले कहिल्यै पनि घटेको थिएन। पातलो बस्ती भएको र प्रहरीचौकी पनि नजिकमा नभएकाले आफूहरूलाई झन् त्रसित बनाएको उनले बताइन्।

सार्कीलाई मात्र होइन, तिर्खाबहादुर रम्तेललाई पनि आजभोलि एक्लै घरबाहिर निस्कन निकै डर लाग्छ। “घटनापछि सिङ्गो गाउँ नै त्रसित बनेको छ, बाटोमा एक्लै हिँड्न पनि डर लाग्ने भयो”, उनले भने, “छिटोभन्दा छिटो हत्यारा पत्ता लगाउनु पर्‍यो।”

महिला, केटाकेटी तथा वृद्धवृद्धालाई झन् बढी त्रास रहेको रम्तेलले भने।  स्थानीय युवा किरण हमालले दुई हप्तासम्म पनि शवको पहिचान हुन नसक्नु र हत्यारा पत्ता लगाउन नसक्नु दुःखद् भएको बताए। अधिकांश घटना गुमनाम बनाइने भन्दै उनले यसतर्फ प्रहरीलाई सचेत हुन आग्रह गरे। “गाउँ त्रासमा छ, न त शवको पहिचान भएको छ र न त हत्यारा नै पत्ता लाग्न सकेको छ”, उनले भने, “यसम्बन्धमा भएको अनुसन्धानबारे पनि हामी अनविज्ञ छौँ।”

हमालले यस घटनामा प्रहरी कम सक्रिय भएको आरोप लगाए। शव भेटिएको स्थान वरपर नजिकमा कतै पनि बस्ती छैन। झाडी र अफ्ठ्यारो भिर मात्र छ। तर, शव भेटिएको करीब २०० मिटर तल भने खर्क र खेतबारी पर्दछन्। त्यसैले पनि यस घटनाबाट चन्द्रकोटका हर्राचौर, विशुखर्क, हरेवा, शान्तिपुर तथा बागलुङको गलकोटलगायत आधा दर्जनभन्दा बढी गाउँ त्रसित बनेका छन्।

गुल्मी र बाग्लुङका प्रहरीको सहकार्य जरुरी

शव भेटिएको स्थान गुल्मी र बाग्लुङको सिमाना नजिकमा पर्छ। शव भेटिएको स्थानबाट करीब आधा घण्टाको पैदलयात्रापछि बागलुङको गलकोट नगरपालिकामा पुगिन्छ। त्यहाँ अत्यधिक मात्रामा लागूऔषधको खेती हुने गर्दछ। उक्त ठाँउबाट शव भेटिएको स्थान हुँदै गुल्मीको चन्द्रकोट गाउँपालिकाको हर्राचौर र विश्वुखर्कतर्फ जाने सडक छ।

जङ्गलको बीचमा शव फेला परेकोले प्रहरीलाई अनुसन्धानमा पनि कठिनाइ भएको छ। यसरी दुई जिल्लाको सिमानामै शव फेला परेकोले विशेष गरी गुल्मी र बाग्लुङका प्रहरीको सहकार्य हुनुपर्ने नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका सचिव टोपलाल अर्यालले बताए।

“यस घटनामा गुल्मी प्रहरीको मात्रै आशा गरेर हुँदैन, किनकी घटना सिमानामा घटेको छ”, उनले भने, “स्थानीयसँगको समन्वयमा दुवै जिल्लाका प्रहरीले अनुसन्धान गर्नु आवश्यक छ।”

शव पहिचानमा केन्द्रित छौँः प्रहरी

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी मीन घलेले आफूहरू शव पहिचानमै केन्द्रित भएको प्रतिक्रिया दिए। दुई हप्तासम्म पनि शव पहिचान नभएकोले हत्यारा पत्ता लगाउन कठिनाई भएको उनको भनाइ छ। उनले बाग्लुङको गलकोट, बूर्तिवाङ, पाल्पाको प्रहरीलगायतका प्रहरी कार्यालयसँग सम्पर्क भइरहेको  जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी झविन्द्र भट्टराईले गुल्मी र बाग्लुङका प्रत्येक गाउँपालिका, वडा कार्यालय, विभिन्न विद्यालयलगायतका संघ–संस्था तथा समुदायसँग समन्वय गरिरहेको जानकारी दिए।

उनीहरूले लगाएको कपडा हेर्दा बाग्लुङ पश्चिम, रुकुम पूर्व वा ढोरपाटन क्षेत्रको हुनसक्ने अनुमान गरिएको उनले बताए। शवको पहिचान र हत्यारा पत्ता नलागुञ्जेलसम्म आफूहरूको अनुसन्धान जारी रहने उनले बताए।

यसरी रहस्यमय बन्दै घटना

गुल्मी प्रहरीले हुलिया तयार पारी कसैका परिवारका सदस्य भए प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेको छ।

गुल्मीको साथै बाग्लुङलगायत विभिन्न जिल्लाका प्रहरी कार्यालयमार्फत् आग्रह गरेपनि अहिलेसम्म कसैले कतै पनि आफन्त हराएको सूचना प्रहरी कार्यालयमा दर्ता गराएका छैनन्।

जसले गर्दा मृत भेटिएका महिला र बालिकाको पहिचानमा समस्या हुनुका साथै घटना पनि रहस्यमय बन्दै गएको छ। गुल्मी, पाल्पा, स्याङ्जालगातका छिमेकी जिल्ला कहीँपनि सो हुलिया मेल खानेगरी उजूरी परेको छैन।

शव नजिकै घन फेला

प्रहरीको प्रारम्भिक अनुसन्धानले शव हत्या गरेर फालिएको देखाएको छ।

महिलाको मुहारदेखि टाउकोसम्म गम्भीर चोट लागेको थियो। शव पनि सडकभन्दा चार मिटर तल झाडीमा भेटिएको थियो। नजिकैमा कुनै बस्ती नभएको र झाडी भएकाले हत्या केही दिन पहिले नै भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रहरीले एक बालिकाको शव नजिकै एउटा ह्यामर पनि फेला पारेको थियो। ह्यामरलाई गाउँघरको भाषामा घन भनिन्छ। यो ढुङ्गा फुटाउने काममा प्रयोग हुन्छ।

१२ वर्षीया बालिकाको शव नजिकै रगत पनि देखिएको थियो। तीनवटा शव फेला पर्नु, शव नजिकै रगत देखिनु, ह्यामर अर्थात् घन फेला पर्नु, महिलाको अनुहारदेखि टाउकोसम्म चोट लाग्नुजस्ता कारणले हत्या नै भएको हुनसक्ने गुल्मी प्रहरीका सूचना अधिकारी घलेले जानकारी दिए।

पाल्पा जिल्ला अस्पतालमा शव

तीन वटै शवलाई प्रहरीले पाल्पा जिल्ला अस्पतालमा राखेको छ। गुल्मी जिल्ला अस्पतालमा शवको परीक्षण गरी सुरक्षित राख्नका लागि पाल्पा जिल्ला अस्पतालमा पठाएको गुल्मी प्रहरीले जनाएको छ।

प्रहरी र अस्पतालको समन्वयमा केही दिनपछि शव जलाउने तयारी भइरहेको प्रहरीले उल्लेख गरेको छ। -हुमाकान्त पोखरेल/रासस

" /> गुल्मी। गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वुखर्ककी ५४ वर्षीया मीनकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन। न त उनलाई घरबाट निस्कन मन लाग्छ, न त घरमा आएको कोही नयाँ पाहुनासँग बोल्न नै। कारण हो, दुई हप्ताअघि घर नजिकै तीन जनाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला पर्नु र अझैसम्म पनि हत्यारा पत्ता नलाग्नू।

"> गुल्मी हत्या प्रकरणको दुई हप्ताः न हत्यारा पत्ता लाग्यो न शवको पहिचान खुल्यो: Dekhapadhi
गुल्मी हत्या प्रकरणको दुई हप्ताः न हत्यारा पत्ता लाग्यो न शवको पहिचान खुल्यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्