रौतहट । उमेरले ८० पुग्न लागे । कपाल सेतै फुलेको छ । अनुहार चाउरिएको छ । तर, भर्खरको युवाको जोश लिएर उनी न्यायको लडाईंमा होमिएका छन् । यी वृद्ध आफ्नो २४ वर्षे छोराको हत्यारालाई न्यायको कठघरामा उभ्याउन हिजोआज दिनहुँ रौतहट जिल्ला अदालत धाइरहेका छन् ।

कसैसँग बोल्न नरूचाउने, अदालतमा सामूहिक हत्याको सुनुवाई भइरहेको इजलासको अन्तिम बेन्चमा चुपचाप बस्ने र वकीलका बहस सुनेर फर्कने। रौतहटको सरुअठा–२ का श्रीनारायण सिंह राजपूतको दिनचर्या यहि हो ।

२७ चैत २०६४ मा संविधान सभाको निर्वाचनको अघिल्लो साँझ रौतहटको राजपुर फरदहवा–४ मा बम बनाउने क्रममा पड्केर केही मानिस घाइते भए । ती घाइतेलाई उपचारको साटो बोरामा कोचेर इँटा पकाउन बनाइएको तातो आगोको रापमा हालेर मारियो ।

सो घटनामा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंह यिनै श्रीनारायण सिंहका छोरा थिए ।

उक्त चुनावमा रौतहट–२ बाट संविधानसभाको उम्मेद्वार बनेका मोहम्मद अफताब आलमका कार्यकर्ताले चुनावी प्रचार–प्रसारका लागि भन्दै त्रिलोकलाई घरबाट लगेका थिए। “मैले नलैजाऊ भनेर धेरै नै कर गरेको थिएँ, तर रोक्न सकिनँ। त्यसपछि छोरा कहिल्यै फर्किएर आएन ।”

२८ चैतमा हुने पहिलो संविधानसभा निर्वाचनको सबैतिर तयारी भइसकेको थियो । मौन अवधिसमेत शुरू भइसकेको थियो । तर, डरत्रास देखाएर मतदातालाई प्रभावमा पार्न आलमले आफन्तको गोठमा बम बनाउन केही मजदुर लगाएका थिए ।

त्यसक्रममा बम पड्केर केही मानिस घाइते भए । तर, उपचार गराउनुको सट्टा घटना सार्वजनिक हुनसक्ने डरले घाइतेलाई जिउँदै जलाएर मारे ।

घटनापछि पीडित परिवार रौतहट जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन पुगे तर, प्रहरीले जाहेरी लिएन । ९ वैशाख २०६५ मा जिल्ला हुलाक कार्यालयमार्फत् श्रीनारायण र रुक्सना खातुनले आलमलगायतका विरूद्ध जाहेरी दिए ।

जिल्ला प्रहरी कार्यालयले १० वैशाखमा जाहेरी बुझेको कागज गर्‍यो तर, दर्ता भने एक सातापछि मात्र गर्‍यो।

यसरी श्रीनारायणले न्यायका लागि संघर्ष थालेको १२ वर्ष पुग्दासमेत न्यायको अनुभूति गर्न पाएका छैनन् ।

“दर्जनौंपटक काठमाडौं गएँ। अहिलेसम्म न्याय पाइएको छैन,” रौतहट जिल्ला अदालतको परिसरमा देखापढीसँग उनले भने,“अहिले भने केही आशा जागेको छ ।”

त्यही सामूहिक हत्याकाण्डको मुख्य अभियुक्तको रूपमा प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएपछि भने उनमा केही आशा पलाएको छ । साथै डरत्रास उत्तिकै छ।

श्रीनारायणका छोरासँग मारिएका अर्का एक युवाकी आमा रूक्साना खातुनले न्यायको पहल गर्दा ९ वर्ष पहिले गोली हानी हत्या गरिएको थियो । अहिले आलमको मुद्दाको बाँकी सुनुवाई उनलाई हिरासतमै राखेर गर्ने कि तारेखमा राखेर भन्ने बहस चलिरहँदा श्रीनारायणमा पनि डर पलाएको छ । “तारेखमा छुट्यो भने मेरो पनि रुक्सनाको जस्तै हालत बनाइदिन सक्छन्,” उनले भने, “त्यसैले उसलाई थुनामै पठाउनुपर्छ भनेर मैले न्यायाधीशलाई अनुरोध गर्न चाहन्छु।”

अरु कसैले फेरि यस्तो अपराध गर्ने दुस्साहस गर्न नसकोस् भनेर आफ्ना छोराका हत्यारालाई जन्मकैद गर्न आफूले माग गरेको उनी बताउँछन् ।

घटनापछि प्रहरीले अनुसन्धान प्रतिवेदन पेश गरेपछि प्रमाणको अभाव भन्दै जिल्ला सरकारी वकील कार्यालय र महान्यायाधिवक्ता कार्यालय मुद्दा नचलाउने निर्णय गरे । उक्त निर्णय खारेज गर्दै १६ जेठ २०६९ मा सर्वोच्च अदालतले गम्भीर अनुसन्धान गर्न आदेश दिएकोे थियो।

उक्त आदेश पनि कार्यान्वयन भएन । त्यसपछि २०७२ सालमा फेरी आदेश कार्यान्वयन नगरी अदालतको अपहेलना गरेको भन्दै अर्को रीट पर्‍यो ।

सर्वोच्चले आदेश कार्यान्वयन नगरेकोमा किन कारबाही नगर्ने भनेर सोधेपछि भने अहिले प्रहरी र सरकारी वकीलको कार्यालय तातेका छन् । “ढिलै भए पनि न्यायालयको आदेश कार्यान्वयन हुन थालेकाले न्याय पाउने आश छ,” श्रीनारायणले भने ।

उनले मुद्दा अदालतमा पुगिसकेकाले न्याय दिने नदिने ‘न्यायमूर्ति’ को हातमा रहेको बताए । पहिले हत्याराको दबाबमा प्रहरी र सरकारी वकीलको कार्यालयले न्यायबाट बन्चित गरेको बताउँदै उनले अब भने न्यायाधीशमा निर्भर रहेको देखापढीलाई बताए ।

“दुई जना न्यायकर्ता छन्, माथि एक छन् भगवान, अर्का यहाँका श्रीमान (न्यायाधीश),” उनले देखापढीसँग भने, “संसारभरको न्यायकर्ता माथि हुन्छ । धेरै गरिमामय पदमा बसेका श्रीमानले पनि भगवानसरहको न्याय गर्नुहुन्छ भन्ने मलाई लागेको छ।”

आलममाथि रौतहटको इँटाभट्टामा कार्यरत मजदुरलाई १२ वर्षअघि जलाएर मारेको अभियोग छ ।

२६ असोज २०७६ मा पक्राउ परेका उनीविरुद्ध १८ कात्तिकमा रौतहट जिल्ला अदालतमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ प्रयोग तथा भण्डारणमा मुद्दा दायर भएको छ ।

"> ‘श्रीमानले पनि भगवानसरह न्याय गर्नुहुन्छ भन्ने आश छ’ (भिडिओसहित): Dekhapadhi
‘श्रीमानले पनि भगवानसरह न्याय गर्नुहुन्छ भन्ने आश छ’ (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्