विदेशमा अलपत्र परेका १३०० बढी नेपाली स्वदेश फर्किए
काठमाडाैं। विभिन्न मुलुकमा अलपत्र एक हजार ३१३ नेपाली स्वदेश फर्किएका छन्। कोभिड-१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवैगरी १५ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन्। नेपाल एयरलाइन्सले दुबईबाट २६५ र दोहाबाट १५१ यात्रु काठमाडौँ ल्याएको छ।

त्यस्तै कतारको दोहाबाट १५१ यात्रु नेपाल ल्याएको छ। सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि रियाद र दमाम प्रस्थान गरेको विमानस्थलले जनाएको छ।

हिमालय एयरलाइन्सले दमामबाट १५४ यात्रु तथा दुई शव नेपाल ल्याएको छ। अबुधाबीबाट १५४ यात्रु ल्याएको छ। हिमालयकै जहाजले इराकको बगदादबाट ३९ यात्रु ल्याएको छ।

काठमाडौँबाट बगदाद जाँदा ३६ यात्रु लगेको थियो। थप नेपालीको उद्धारका लागि हिमालयको जहाज दोहा र दमाम उडेको छ।

त्यस्तै कतार एयरवेजले २५१, इतिहाज एयरले अबुधाबीबाट १३८ र फ्लाई दुबईले १६१ नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बिहीबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी आठ चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ।

आज आन्तरिकतर्फ पनि सात वटा चार्टर्ड उडान भए। तारा र समिट एयरका जहाज तथा मनाङ, सिम्रिक र कैलाशको हेलिकप्टरले विभिन्न गन्तब्यमा उडान गरेका हुन्।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्