काठमाडौं। भारतले केही दिन अघि सार्वजनिक गरेकाे राजनीतिक नक्शामा समेटिएकाे लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालकाे भूमि भएकोमा सबै दलका नेता एकमत देखिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा बोलाएको सर्वपक्षीय छलफलमा सहभागी नेता एवं सीमाविद्हरूले नेपालको भू–भाग मिचिएको विषयमा तत्काल कूटनीतिक पहल थाल्न सरकारलाई सुझावसमेत दिए।
भारतले जारी गरेको राजनीतिक नक्शामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटिएको विरोधमा एकमत हुँदै दलहरूले कालापानीबाट भारतीय सेना फिर्ताको पहल गर्न समेत सरकारलाई सुझाव दिएका छन्।
बैठकपछि बाहिरिँदै समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपाल–भारतको सीमा स्पष्ट रूपमा नदीले छुट्याएको उल्लेख गर्दै भारतले बखेडा झिक्न नहुने प्रतिक्रिया दिए। सबै तथ्यले नेपाल–भारतको सीमा निर्धारणको विषय स्पष्ट गरेको उनले बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भू–भाग हो कि होइन भन्ने विवादको विषय नै नभएकाे बताए।
जनगणनादेखि तिरो तिरेको लगायतका तथ्यले ती भू–भाग नेपालका हुन् भन्ने स्पष्ट भएको बताउँदै थापाले नेपाली भू–भाग फिर्ताको लागि कूटनीतिक पहल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको जनाए।
यस्तै, कालापानीमा रहेका भारतीय सेना फिर्ता पठाउने, परराष्ट्र सचिवस्तरको नेपाल–भारत संयुक्त आयोगको बैठक तत्काल् बोलाउनुपर्ने थापाले बताए।
“विज्ञप्ति निकालेर मात्र हुँदैन, सरकारले सीमा मिचिएको विषय भारतसँग स्पष्ट रूपमा व्यक्त गरोस्”, थापाले भने, ‘सीमाको सुरक्षा व्यवस्था सुदृढ गरोस्।”
पढ्नुहाेस्ः
बालुवाटारमा सर्वपक्षीय छलफल (तस्वीरहरू)
" /> काठमाडौं। भारतले केही दिन अघि सार्वजनिक गरेकाे राजनीतिक नक्शामा समेटिएकाे लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालकाे भूमि भएकोमा सबै दलका नेता एकमत देखिएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा बोलाएको सर्वपक्षीय छलफलमा सहभागी नेता एवं सीमाविद्हरूले नेपालको भू–भाग मिचिएको विषयमा तत्काल कूटनीतिक पहल थाल्न सरकारलाई सुझावसमेत दिए।

">