काठमाडौं। पशुपति क्षेत्र विकास कोषको १८ हजार २४२ रोपनी जग्गा कायम गरी लालपूर्जा बनाउने काम शुरू भएको छ। पशुपति क्षेत्रको जग्गा दुरूपयोग भएपछि त्यसको अध्ययन र संरक्षण गर्न सरकारले आयोग बनाएको थियो। आयोगको अध्ययनले पशुपति क्षेत्रको जग्गा १८ हजार २४२ रोपनी कायम गरेको छ।
“पशुपति क्षेत्रको जग्गाको हालसाविक भइसकेको छ। अब छिट्टै लालपूर्जा बनेर आउँछ”, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले भने। अहिले हालसाविक गरिएको उक्त क्षेत्रफलमा सरकारले पशुपति क्षेत्र विकास कोषलाई २०४६ सालमा उपलब्ध गराएको गोठाटारको जग्गा पनि समावेश गरिएको छ।
२०४६ चैत ५ मा मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर गोठाटारको ५३४ रोपनी जग्गा पशुपति क्षेत्र विकास कोषलाई दिने निर्णय गरेको थियो। अहिले हालसाविक गरिएको जग्गामा उक्त ५३४ रोपनी जग्गा पनि जोडिएको खतिवडाले बताए। तर, पशुपति विकास कोषले भने ती सबै जग्गाको आम्दानी लिन सकेको छैन। धेरैजसो जग्गाले परम्परागत हिसाबले वार्षिक रूपमा कोषलाई कुत बुझाउँदै आएका छन्।
हाल साविक भएको उक्त जग्गालाई नै आधार मानेर पशुपति क्षेत्र विकास कोषले वृहद गुरू योजना तयार गरेको छ। पशुपति क्षेत्रको सबै जग्गाको संरक्षण र सम्वर्द्धन गर्नेगरी गुरूयोजना बनाइएको खतिवडाले बताए। पशुपति क्षेत्रको जग्गामध्ये अधिकांश क्षेत्रमा घना शहरी बस्ती छ। त्यसबाहेक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रयोग गरेको छ।
विमानस्थलले ११ सय ६१ रोपनी जग्गा भाडामा प्रयोग गर्दै आएको छ। त्यसैगरी, तिलगंगा आँखा अस्पताल, द्वारीका होटललले पनि पशुपतिकै जग्गा प्रयोग गरिरहेको छ। पशुपति क्षेत्र विकास कोषले अघिल्लो वर्ष होटल हायातसँग जग्गाको भाडा मागेपछि विवाद शुरू भएको छ।
गोठाटारमा रहेको ५३४ रोपनी जग्गा भने बेवारिसे अवस्थामा छ। त्यहाँ निजी रूपमा अस्थायी टहरा बनेका छन् भने उक्त जग्गाबाट दिनहुँ बालुवा चोरी हुने गरेको छ। यी सबै समस्याको साधान गर्नको लागि वृहत गुरूयोजना कार्यान्वयन हुनुपर्ने कोषका कार्यकारी निर्देशक खतिवडा बताउँछन्।
तर, स्थानीयहरूले भने गुरूयोजनाको विरोध गरेपछि त्यसमा थप अध्ययन गरी आवश्यक परे परिमार्जन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोषलाई निर्देशन दिएका छन्।
कहाँ–कहाँ हो पशुपतिको सीमा क्षेत्र ?
२०४३ फागुन १४ गतेको राजपत्रमा पशुपतिको सीमा र नक्सा प्रकाशन भएको छ। तत्कालीन मुख्यसचिव कर्णध्वज अधिकारीको नाम उल्लेख गरी प्रकाशन भएको उक्त राजपत्रमा चार किल्लाको क्षेत्र किटान गरिएको छ। अहिलेसम्म पशुपति क्षेत्र विकास कोषले त्यसैलाई पशुपतिको आधिकारिक क्षेत्रफल मान्दै आएको छ।
त्यसअघि विक्रम सम्वत १८७० चैत्र ३० मा तत्कालीन राजा गृवाणयुद्ध विक्रम शाहले पनि पशुपतिको चारकिल्ला कायम गरेका थिए। उनले कायम गरेको पशुपतिको चार किल्ला र २०४३ को राजपत्रमा प्रकाशित चारकिल्लाको सीमाना मिल्छ। तत्कालीन राजा गृवाणयुद्ध विक्रम शाहले जारी गरेको पशुपतिको चार किल्ला उल्लेखित दस्तावेजमा “त्यस क्षेत्रको जग्गा, चावहिल, कुटुवहिल, देउपाटन, सबै बगैचा, रैकर र खान्गीदारको खेतबारी समेत संकल्प गरी पशुपतिनाथलाई चढाएको र त्यसको आम्दानीबाट पर्व, पूजा भोग, आरती सञ्चालन गर्नु” भन्ने उल्लेख छ।
पूर्वतर्फ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो धावनमार्गको पूर्व सिमाना।
पश्चिमतर्फ– धोबीखोलाको रातोपुल, कालोपुल, हाँडिगाउँबाट चाबहिल गणेशस्थान जोड्ने बाटोमा पर्ने धोबीखोलाको पुल हुँदै धुम्बराही चक्रपथमा रहेको धोबीखोलाको पुल।
उत्तरतर्फ– धुम्बाराही चक्रपथमा रहेको धोबीखोलाको पुलबाट चक्रपथ चाबहिल चोकहुँदै भगवानस्थानबाट गौरीघाट जाने कच्चीबाटो हुँदै गौरीघाट र गौरीघाटबाट बौद्ध जाने बाटो हुँदै गौरीघाँटको उत्तरतर्फको सत्तलपछाडिबाट घाटको पछाडि हुँदै बागमती हुँदै गुहेश्वरीघाटको उत्तरतर्फको बागमतीबाट कालिप्रसाद गणको उत्तर सीमाना हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो धावनमार्ग (हाल थप भएको खण्डबाहेक) ।
दक्षिणतर्फ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुरानो धावनमार्गको कुनाबाट सीधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन हुदै विमानस्थलको सवारी पार्किङ क्षेत्रबाट २६० मिटर दक्षिण पश्चिम हुँदै त्यहाँबाट ४०० मिटर पश्चिम भइ चक्रपथसम्म, चक्रपथदेखि कालीमाटी टोल र हरिजन टोलको बीचको खोच हुँदै बागमती नदि भई राजराजेश्वरी निस्कने गोरेटो हुँदै चक्रपथ, चक्रपथको ग्रीनबेल्ट, गौशाला चोक हुँदै धोबी खोलाको रातोपुल।