काठमाडौं। बाजुरा जिल्ला प्रहरी कार्यालयले २२ कात्तिकमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना कार्यकर्तालाई पक्राउ गरेको छ।
गस्तीमा गएको प्रहरीले बाजुराको गौमूल–३ बाट उनीहरूलाई पक्राउ गरेको हो । रोल्पाको गंगादेब–३ का केन्द्रीय सदस्य ओली, बाजुराको त्रिवेणी–२ का जिल्ला सदस्य डम्मरबहादुर सुनार, बाजुराकै हिमाली–१ का अम्मलाल थापा, धरमसिंह बोहरा र धर्मबहादुर थापा पक्राउ परेका हुन् ।
त्यस्तै, बाजुराकै स्वामिकार्तिक–१ की कुस्मा विक, अस्मिता विक, सुस्मिता विक पनि पक्राउ परेका छन्।
बाजुरा जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अछामको ढकारी–२ का नरेश शाही, राजेशकुमार शाही, कमला विक, डबलबहादुर नेपाली तथा अछामकै विनायक पञ्चदेवल–८ का उदय कसेरा पनि पक्राउ परेका छन्।
पक्राउ परेका अन्यमा अछामको तुर्माखाद–८ का कृष्ण विक, कैलालीको घोडाघोडी–१ का धर्मराज सुनार र बझाङ–१ की शृष्टी सिंह रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट दुई किलो गन पाउडर (बारुद), २.५ लिटरको प्रेशरकुकर बम, ८ थान ईलेक्ट्राेनिक कमर्सियल डेटोनेटर, ३५ मिटर बिजुलीको तार र एक थान पलास बरामद गरेको जनाएको छ।
" /> काठमाडौं। बाजुरा जिल्ला प्रहरी कार्यालयले २२ कात्तिकमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना कार्यकर्तालाई पक्राउ गरेको छ।

">