काठमाडौं। फेसबुकले पहिलोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टेटस (पोस्ट) डिलिट गरेको छ। ट्रम्पले गलत सूचना सेयर गरेको भन्दै उनको स्टेटस डिलिट गरिएको फेसबुक कम्पनीले जनाएको छ।
ट्रम्पले कोरोना भाइरसबारे स्टेटस अपडेट गरेका थिए। उनले स्टेटससँगै फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको क्लीप पनि सेयर गरेका थिए। भिडिओमा उनले कोरोना भाइरसबाट बालबालिकाहरू लगभग सुरक्षित रहेको उल्लेख गरेका थिए।
‘भिडिओमा कोरोना भाइरसबारे गलत दाबी गरिएको छ। हामी गलत सूचनाको विपक्षमा छौँ’, फेसबुकका प्रवक्ताले भनेका छन्, ‘यो हाम्रो नीतिको उल्लंघन हो।’ यसबारे राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अहिलेसम्म केही प्रतिक्रिया दिएका छैनन्।
" /> काठमाडौं। फेसबुकले पहिलोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टेटस (पोस्ट) डिलिट गरेको छ। ट्रम्पले गलत सूचना सेयर गरेको भन्दै उनको स्टेटस डिलिट गरिएको फेसबुक कम्पनीले जनाएको छ।ट्रम्पले कोरोना भाइरसबारे स्टेटस अपडेट गरेका थिए। उनले स्टेटससँगै फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको क्लीप पनि सेयर गरेका थिए। भिडिओमा उनले कोरोना भाइरसबाट बालबालिकाहरू लगभग सुरक्षित रहेको उल्लेख गरेका थिए।

">