सकियाे चलचित्र स्वर्णिम महोत्सव

काठमाडाैं। २१ कात्तिकदेखि वीरगञ्जको आदर्शनगर रंगशालामा सञ्चालित नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ आज सम्पन्न भएको छ।

समापन समाराेहमा वक्ताहरूले सम्पूर्ण नेपालीको भावनालाई समेट्न नसकिएका कारण नेपाली चलचित्र उद्योग फस्टाउन नसकेको धारणा व्यक्त गरेका थिए।

उनीहरूले नेपालमा उत्पादन हुने चलचित्रमा नेपाली भाषा, संस्कृति, मौलिकता समावेश नभएका कारण दर्शकमाझ स्थान बनाउन नसकेको बताए।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले नेपाली मौलिकता चलचित्र जगतले अङ्गिकार नगरेका कारण नै नेपाली चलचित्रले राष्ट्रिय पहिचान प्राप्त गर्न नसकेको बताए।

उनले नेपालमा रहेको भाषा, संस्कृति तथा भेषभूषालाई चलचित्रमा समावेश नगरेका कारण नेपाली दर्शकले नेपाली चलचित्रलाई अपनाउन नसकेको प्रष्ट पारे।

समापन समारोहमा नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान गर्ने अग्रज कलाकार ऋद्धिचरण श्रेष्ठ, वीरगञ्ज घर भएकी नायिका नम्रता श्रेष्ठ, गायक एवं सङ्गीतकार प्रसाद श्रेष्ठ, भोजपुरी एवं नेपाली चलचित्रका नायक प्रदेशी साहलाई कदरपत्रले सम्मानित गरिएको थियो।

तीन दिनसम्म चलेको महोत्सवमा २५ हजारभन्दा बढी दर्शकले सहभागिता जनाएको आयोजक नेपाल चलचित्र निर्माता संघले जनाएकाे छ। रासस

प्रतिक्रिया दिनुहोस्