अमेरिकी निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी सिर्जना

वासिङ्टन। अमेरिकी निजी कम्पनीहरुले गत जुलाई महिनामा एक लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरुले बताएका छन्।

डाउ जोन्सले गरेको आर्थिक सर्भेक्षणमा करिब १० लाख रोजगारी सिर्जना हुने भनिए पनि त्योभन्दा निकै कम मात्र रोजगारी सिर्जना भएको छ। यो वृद्धि जुन महिनाको भन्दा पनि कम भएको हो।

अमेरिकी रोजगारी मापन गर्ने अटोम्याटिक डेटा प्रसेसिङ (एपीडी) का अनुसार अमेरिकाका सबै किसिमका व्यवसाय र क्षेत्रमा कोभिड-१९ को असर देखिएको र यसले लामो समयसम्म प्रभाव सिर्जना गर्नेछ।

जुलाईमा ठूला कम्पनीहरुले एक ला २९ हजार तथा साना कम्पनीहरुले ६३ हजार रोजगारी सिर्जना गरेका थिए। तर मध्यम किसिमका व्यवसायबाट २५ हजारको रोजगारी गुमेको थियो।

कोरोनाभाइरसका कारण लकडाउन गरिएपछि संयुक्तराज्य अमेरिकामा गत मार्च महिनामा तीन लाख दुई हजार रोजगारी गुम्ने पूर्वानुमान गरिएको थियो। अप्रिल महिनामा निजी क्षेत्रले झण्डै दुई करोड रोजगारी कटौती गरेका थिए।

अमेरिकी श्रम विभागले निजी र सरकारी दुबै क्षेत्रबाट भएको रोजगारीको मासिक प्रतिवेदन दुई दिनभित्र सार्वजनिक गर्दैछ। रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्