ठगीमा मुछिएका सुदूरपश्चिमका मन्त्रीको राजीनामा

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन्।

उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई आज राजीनामा बुझाएका हुन्। मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले रावलको राजीनामा स्वीकृत भइसकेको देखापढीलाई बताए।

रावल कञ्चनपुरस्थित जनज्योती एजुकेशन फाउण्डेशनकाे शेयर विक्रीमा मुछिएका थिए। उनी क्याम्पसका शेयर सदस्य तथा सञ्चालक समिति सदस्य थिए।

शेयर विक्रि प्रकरणमा सबै सञ्चालकहरूविरुद्ध अख्तियार दुरूपयोग अुनसन्धान आयोगमा उजुरी परेको थियो।

यो प्रकरण ठगी मुद्धामा पुगेपछि कञ्चनपुर जिल्ला अदालतले रावलविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। तर, त्यहीबीच उनी राज्यमन्त्री बनेका थिए।

रावल कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ बाट निर्वाचित नेकपाका प्रदेशसभा सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस्