एभिसी महिला सेन्ट्रल जाेन भलिबल: नेपालकाे विजयी शुरुवात, ६ खेलाडीकाे डेब्यू

काठमाडौं। बंगलादेशमा भइरहेकाे एभिसी सिनियर वुमन्स सेन्ट्रल जाेन भलिबल च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेकाे छ।

अरुणा शाहीकाे कप्तानी रहेकाे नेपालले अफगानिस्तानलाई ३-० काे सेटमा पराजित गरेकाे हाे।

पहिलाे पटक राष्ट्रिय टीममा परेका ६ जना खेलाडीले नै आज डेब्यू गरेका छन्।

लिब्राे सलिना श्रेष्ठसहित निरुता ठगुन्ना, जानकी भण्डारी, सुनिता खड्का, पुनम चन्द र साेफिया पुनले डेब्यू गरेका हुन्।

ढाकास्थित इन्डाेर स्टेडियममा भएकाे खेलमा नेपालले अफगानिस्तानलाई २५-४, २५-९, २५-६ ले पराजित गरेकाे हाे।

प्रतिक्रिया दिनुहोस्