काठमाडौं। उपनिर्वाचनका लागि स्वतन्त्र उम्मेद्वारी दिएका बाग्लुङका शेरमान घर्ती उम्मेद्वारी फिर्ता गराउन हेलिकप्टरमार्फत् सदरमुकाम पुर्याइएको छ। तर, उनले उम्मेद्वारी फिर्ता लिन भने पाएनन्।
निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० देखि दिउँसो एक बजेसम्म उम्मेद्वारी फिर्ताको समय थियो। उनलाई हेलिकप्टरमार्फत् सदरमुकाम पुर्याउन प्रहरीले ‘माथिको आदेश’ भन्दै मध्यान्ह १२ बजे नियन्त्रणमा लिएको थियो।
घर्तीलाई नियन्त्रणमा लिने क्रममा उनका समर्थक र प्रहरीबीच करीब आधा घण्टा विवाद भएको थियो। जसका कारण घर्तीलाई समदरमुकाम लैजान ढिला भयो। जतिबेला घर्तीलाई सदरमुकाम पुर्याइयो त्यतिबेला उम्मेद्वारी फिर्ताको समय घर्किसकेको थियो। प्रहरीका अनुसार घर्ती अहिले बाग्लुङ बजारस्थित् नेकपाको जिल्ला कार्यालयमा छन्।
यसैबीच प्रहरीले घर्तीका समर्थक स्थानीय तुल्सी अर्याललाई पनि नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक सुरज बस्नेतको कमाण्डको टोलीले अर्याललाई घरबाटै नियन्त्रणमा लिएको हो। उनलाई पक्राउ पूर्जी नदिई जर्वजस्ती घरमा छिरेर प्रहरीले नियन्त्रणमा लिएको तुल्सीका भाई चन्द्र अर्यालले बताएका छन्।
प्रहरीले भने अर्याललाई नियन्त्रणमा लिएको नभई सुरक्षा दिइएको दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख डीएसपी झविन्द्र भट्टराईले माहोल शान्त भएपछि अर्याललाई आजै परिवारको जिम्मा लगाइने बताए।
“त्यहाँका (ईप्रका बुर्तिबाङ) ईन्सपेक्टर एउटा कार्यक्रममा जानै पर्ने भएकाले उहाँलाई (तुल्सी अर्याल) त्यतिञ्जेलसम्मका लागि ईप्रकामै राखिएको हो”, डीएसपी भट्टराईले भने, “उनी (ईन्सपेक्टर बस्नेत) आउने बित्तिकै, माहोल केही शान्त भएपछि प्रहरीकै गाडीमा घरसम्मै पुर्याइदिन्छौं।”
बाग्लुङ २ ‘ख’मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनमोर्चाका उम्मेद्वार खीमविक्रम शाहीलाई समर्थन गरेको छ। पार्टी केन्द्रको निर्णयमा असन्तुष्टि जनाउँदै नेकपाकै घर्तीले स्वतन्त्र उम्मेदवारी दिएका थिए। घर्तीलाई उम्मेद्वारी फिर्ता लिन उनको पार्टीले दबाब दिएको थियो।
" /> काठमाडौं। उपनिर्वाचनका लागि स्वतन्त्र उम्मेद्वारी दिएका बाग्लुङका शेरमान घर्ती उम्मेद्वारी फिर्ता गराउन हेलिकप्टरमार्फत् सदरमुकाम पुर्याइएको छ। तर, उनले उम्मेद्वारी फिर्ता लिन भने पाएनन्।

">