काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरू रसुवाको गोसाईंकुण्ड पुगेका छन्।
श्रेष्ठसहित वरिष्ठ नेता झलनाथ खनाल, स्थायी समिति सदस्य युवराज ज्ञवालीसहितका नेताहरू गोसाईंकुण्ड पुगेका हुन्।
ताप्लेजुङमा भएको पार्टीको प्रशिक्षण कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा गोसाईंकुण्ड पुगेको वरिष्ठ नेता खनालले देखापढीलाई बताए।
प्रवक्ता श्रेष्ठले गोसाईंकुण्ड पुगेको तस्वीर सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक गर्दै गोसाईंकुण्डको यात्रा रमाईलो र आनन्ददायक रहेको बताएका छन्।
“संसारको औंलामा गन्न सकिने सुन्दर देशहरूमध्ये एक हाम्रो देश नेपालको मनोरम स्थल गोसाईंकुण्डको आजको यात्रा रमाईलो र आनन्ददायक रह्यो”, श्रेष्ठले लेखेका छन्।
प्रसिद्ध धार्मिक तीर्थस्थलका रूपमा रहेको गोसाइँकुण्ड गोसाइँकुण्ड गाउँपालिका–५ लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ । समुद्री सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा प्रत्येक वर्ष गंगा दशहरा र साउन शुक्लपूर्णिमा (जनैपूर्णिमा)का दिन विषेश मेला लाग्ने गर्दछ।
गोसाइँकुण्डलगायत वरपरका अन्य कुण्ड ६ असोज २०६४मा रामसार क्षेत्रका रूपमा सूचीकृत भएका थिए। गोसाइँकुण्ड वरिपरी भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दुधकुण्डलगायतका करिब १०८ वटा कुण्ड छन्।
गोसाइँकुण्ड क्षेत्रमा १४ प्रजातिका लालीगुराँस, लोपोन्मुख वन्यजन्तु रेडपाण्डा, कस्तुरीमृग, विभिन्न प्रजातिका वनस्पति तथा चरा पाइन्छन्।