१९ पुसबाट दुई दिवसीय यू-१९ क्रिकेट

काठमाडौं। नेपालमा पहिलो पटक यू-१९ दुई दिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ।

ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए)को आयोजनामा १९ पुसदेखि ४ माघसम्म प्रतियोगिता हुन लागेको हो।

प्रतियाेगितामा उपत्यकाका ४ र उपत्यका बाहिरका २ गरी ६ टीमले प्रतिस्पर्धा गर्नेछन्।

सहभागी ६ टीमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ।

दुवै समूहको शीर्ष टोलीले फाइनल खेल्नेछन्।

लिगको बजेट ५० लाख अनुमानित रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता मूलपानी क्रिकेट मैदानमा हुनेछ।

खेल पहिलो दिन ९६ ओभरको हुनेछ।

६० ओभरमा पहिलो इनिङ्स ब्रेक हुनेछ।

प्रतिक्रिया दिनुहोस्