काठमाडौं। २७ चैत २०६४ को सामूहिक हत्याकाण्डमा मुख्य अभियुक्तको रूपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताब आलमको थुनछेक बहस चलिरहँदा २१ कात्तिकमा रौतहट जिल्ला अदालतमा अचम्मको घटना भयो।
आलममाथि रौतहटकै मोहम्मद ओसि अख्तरलगायत २२ जनालाई इँटाभट्टामा हालेर जिँउदै जलाएको अभियोग थियो। तर, अख्तरकी पत्नी अमना खातुनले २१ कात्तिकमा अदालतमा अख्तर २०६४ मा वैदेशिक रोजगारमा गएको र आजसम्म नफर्किएको निवेदन दिइन्।
इँटाभट्टामा जलाएकाले लास नभेटिएको घटनामा मारिएको भनिएका व्यक्ति नै वैदेशिक रोजगारमा गएको भन्ने परिवारका सदस्यको दावीले प्रतिवादी आलमलाई सहयोग पुग्थ्यो। त्यसैले पीडित परिवारलाई आलमका सहयोगीले प्रभावमा पारेर उक्त निवेदन दिन लगाइएको धेरैले अनुमान गरेका छन्।
अमना खातुनले अदालतमा पति वैदेशिक रोजगारीबाट नफर्किएको निवेदन दिए पनि उनैले दुई वर्ष पहिले पति अख्तरको मृत्यु दर्ता बनाएको खुलेको छ। देखापढीलाई प्राप्त ओसि अख्तरको मृत्यु दर्ता प्रमाण पत्रमा २७ चैत २०६४ मा रौतहटको राजपुर फरदहवा–४ मा उनको मृत्यु भएको उल्लेख छ।
रौतहटको यमुना माई गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयले १६ असोज २०७४ मा जारी गरेको उक्त प्रमाणपत्रमा अमना खातुनले भरेको अनुसूची–३ को सूचना फारम बमोजिम अख्तरको मृत्यु भएको प्रमाणित गरिएको उल्लेख छ।
ओसि अख्तरको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै प्रहरी कार्यालयमा जाहेरी र विभिन्न रीट लिएर अदालत धाउँदा धाउँदै उनकी आमा रुक्सना खातुनको पनि हत्या गरिएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले बुझ्दा अख्तरकी पत्नी खातुन र आमा रुक्सनाले आलमका सहयोगीहरूले ओसि अख्तरलाई लिएर गएको र २७ चैत २०६४ मा भएको बम विस्फोटमा घाइते भएका उनलाई इँटाभट्टामा जलाएको एउटै बयान दिएका थिए।
न्याय खोज्दाखोज्दै मृतककी आमाले नै ज्यान गुमाउनु परेको घटनामा अहिले आलमकै दबाब–प्रभावका कारण अख्तरकी पत्नीले बयान फेरेको अनुमान गरिएको छ।
पढ्नुहाेस्
मुख्य अभियुक्त आलमद्वारा प्रत्यक्षदर्शी र साक्षीलाई प्रलोभनमा पार्ने प्रयास
" /> काठमाडौं। २७ चैत २०६४ को सामूहिक हत्याकाण्डमा मुख्य अभियुक्तको रूपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताब आलमको थुनछेक बहस चलिरहँदा २१ कात्तिकमा रौतहट जिल्ला अदालतमा अचम्मको घटना भयो।

">