काठमाडौं। बंगलादेशमा २३ कात्तिकबाट शुरू भएको ‘प्रथम एभिसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप–२०१९’मा नेपालले शानदार शुरुआत गरेको छ। राउण्ड रोविन लिगको पहिलो खेलमा नेपालले आज अफगानिस्तानलाई सहजै हरायो।
सेन्ट्रल एशियाका पाँच राष्ट्र सहभागी यस च्याम्पियनसिपमा नेपाल बलियो टीमको रूपमा देखा परेको छ।
बंगलादेश जानुअघि अफगानिस्तान र कीर्गिस्तान नेपालको लागि नयाँ टोलीको रूपमा थियो। र, कस्तो खेल्छ भन्ने कौतुहलता थियो। तर, पहिलो दिनको खेलमै घरेलु टोली बंगलादेशले अफगानिस्तानलाई ३–० सेटमै हराइदियो। अर्को खेलमा माल्दिभ्सले कीर्गिस्तानलाई प्रतिष्पर्धात्मक खेलमा ३–२ को सेटमा पराजित गर्यो।
पहिलो खेल हेरेपछि नेपालका प्रशिक्षक जगदिश भट्टले आफ्नो पहिलो खेलमा अफगानिस्तानविरुद्ध पनि नयाँ खेलाडीलाई अवसर दिए। तीन सेट खेल्दा उनले पहिलो पटक राष्ट्रिय टोलीमा परेका सबै ६ खेलाडीलाई डेब्यु गराए।
बंगलादेशको ढाकास्थित मिरपुरमा रहेको शहिद सुह्रवर्दी इन्डोर स्टेडियमा भएको खेलमा नेपालले अफगानिस्तानलाई २५–४, २५–९, र २५–६ ले पराजित गर्दै ३ अंक जोडेको हो।
राउण्ड रोविन लिगको आधारमा सञ्चालन भइरहेको च्याम्पियनसिपमा नेपालले अब कीर्गिस्तान, बंगलादेश र माल्दिभ्ससँग खेल्नेछ।
अफगानिस्तानलाई सहजै हराएपछि नेपालका प्रशिक्षक जगदिश भट्टले आफ्नो खेललाई मुख्य ध्यान दिएर खेलेको बताए। “हामीले विपक्षी भन्दा पनि हाम्रो खेल कसरी खेल्ने भन्नेमा ध्यान दिएका छौँ। भट्टले ढाकाबाट देखापढीसँग भने। हरेक क्षेत्रमा गल्ती कम गरेर नै खेल्नुपर्छ भनेर नै खेलेको छ। ”
पहिलो खेलमा बंगलादेशसँग अफगानिस्तानको खेलपछि नेपालले आज नयाँ खेलाडीलाई मौका दिएको थियो। जसमा उनीहरू सफल पनि भए। “हामीले नयाँ लाई पनि पनि मौका दिएका छौँ। नयाँले पनि राम्रो खेलेका छन् जुन नेपालको लागि राम्रो पक्ष हो” भट्टले भने।
अफगानिस्तानविरुद्ध खेल्दै सलिना श्रेष्ठ, निरुता ठगुन्ना, सुनिता खड्का, पुनम चन्द, जानकी भण्डारी र सोफिया पुनले नेपालको राष्ट्रिय टोलीमा डेब्यु गरेका छन्। पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लागएर खेलेका उनीहरू पनि उत्साहित छन्।
प्रशिक्षक भट्टले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेपनि उनीहरूको प्रदर्शन राम्रो भएको बताए। “सोचेको भन्दा धेरै राम्रो प्रदर्शन छ। कन्फिडेन्स लेभल धेरै माथि छ”, उनले भने।
उनले अफगानिस्तानको टीम ठिकै रहेको बताए। “उनीहरू नयाँ छन्। प्रदर्शन ठिकै छ।”
च्याम्पियनसिपमा नेपालले अब ३ टोलीसँग खेल्न बाँकी छ। अफगानिस्तान रकीर्गिस्तान नयाँ भएपनि बंगलादेश र माल्दिभ्स नेपालको लागि नयाँ प्रतिद्वन्द्वी होइनन्। नेपालले यी दुई टोलीलाई सहजै हराउँदै आएको छ। त्यसैले अब नेपालले उपाधि जित्छ भन्ने धेरैको विश्वास छ। तर पनि कुनै टीमलाई कमजोर नआँक्ने भट्टले बताए। “हामी कुनै पनि खेलमा विपक्षीलाई कमजोर ठान्दैनौँ”, उनले भने।
नेपालले अब दोस्रो खेल २५ कात्तिकमा कीर्गिस्तानसँग खेल्दैछ। “अबको खेलमा पनि सबैलाई मौका दिने उनले बताए।
यसपटक नेपाली टोलीमा रहेका १२ मध्ये आधा खेलाडी नयाँ छन्। त्यसैले टोलीमा अनुभवी र नयाँको मिश्रण छ। नयाँ खेलाडीहरू समेत उत्साहित रहेको प्रशिक्षक भट्टले बताए। “खेल्नलाई उत्साहित छन्। राम्रो प्रदर्शन गर्छु भन्ने सबैमा छ”, भट्टले भने।
ढाका प्रस्थान गर्नुअघि प्रशिक्षक भट्ट र कप्तान अरुणा शाहीले नेपालको लक्ष्य स्वर्ण जित्ने रहेको बताएका थिए। लक्ष्यमा अडिग रहेको भट्टले बताए। उनले भने, “हामी यहाँ ट्रफी उचालन आएका हौँ।”
च्याम्पियनसिपमा राउण्ड रोविनको खेलपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन्।
" /> काठमाडौं। बंगलादेशमा २३ कात्तिकबाट शुरू भएको ‘प्रथम एभिसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप–२०१९’मा नेपालले शानदार शुरुआत गरेको छ। राउण्ड रोविन लिगको पहिलो खेलमा नेपालले आज अफगानिस्तानलाई सहजै हरायो।सेन्ट्रल एशियाका पाँच राष्ट्र सहभागी यस च्याम्पियनसिपमा नेपाल बलियो टीमको रूपमा देखा परेको छ।

">