बाँकेमा चितुवाको आक्रमणबाट महिलाको मृत्यु

बाँके। चितुवाले आक्रमण गर्दा बाँकेमा एक महिलाको आज मृत्यु भएको छ।

आज बिहान घाँस काट्न जंगल गएकी कोहलपुर–१३ की ७५ वर्षीया काली बस्नेतको मृत्यु भएको हो।

चितुवाले बायाँ खुट्टा, टाउकोे र कम्मरको भाग खाएको अवस्थामा मनकामना मध्यवर्ती सामुदायिक वनमा बस्नेतको शव फेला परेको कोहलपुर प्रहरीले जनाएको छ।

सो क्षेत्रमा यसअघि पनि चितुवाले आक्रमण गर्ने गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

“स्थानीयका अनुसार सो क्षेत्रमा यसअघि पनि चितुवाले मानिसलाई आक्रमण गर्ने गरेको थियो,” रोकाले भने, “घटनाको प्रकृति हेर्दा चितुवाले आक्रमण गरेको देखिन्छ।”

प्रतिक्रिया दिनुहोस्