उपनिर्वाचन निष्पक्ष र धाँधलीरहितः थपलिया
<p>संखुवासभा। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी १४ मंसीरमा हुने उपनिर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताएका छन्। </p>
<p>खाँदबारीमा जिल्ला निर्वाचन कार्यालयले आज गरेको विवाद निरुपणसम्बन्धी कार्यक्रममा थपलियाले उपनिर्वाचन विवादरहित र नमूना बनाउने दाबी गरे। </p>
<p>यसका लागि सबै तयारी सकिएको थपलियाको भनाइ छ।</p>
<p>प्रमुख आयुक्त थपलियाले प्रचारप्रसारको अवधि योपटक घटाएको बताउँदै उनले प्रचार अवधि लम्बिँदा उम्मेदवार र निर्वाचन आयोगको खर्च बढ्ने भएकाले थोरै अवधिमा निर्वाचन गर्न लागेको बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्