काठमाडौं। यातायात व्यवस्था विभागमा अहिले झण्डै साढे सात लाख ‘स्मार्ट लाइसेन्स’ (चालक अनुमतिपत्र) छाप्न बाँकी छ।
यो ‘अहिले देशभरका यातायात कार्यालयबाट छपाइका लागि आवेदन परेको सङ्ख्या हो।
पहिले साना क्षमताका प्रिन्टरले छपाइ गर्दा छाप्न बाँकी कार्डको संख्या धेरै भएको विभागले जनाएको छ। ‘मास प्रिन्टर’ले पूर्ण क्षमतामा काम गर्दा केही महीनामा नै सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।
‘मास प्रिन्टर’को क्षमता प्रतिघण्टा चार-पाँच सयसम्म कार्ड छाप्ने रहेको छ। पहिले सञ्चालनमा रहेका साना क्षमताका उपकरणसमेत सञ्चालनमा ल्याइने उनको भनाइ छ।
पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि कार्ड पर्याप्त नभएपनि अहिले कार्ड खरीद भइसकेको उनको भनाइ छ। उनले भने, “छाप्न बाँकी कार्ड सकिनासाथ सकेसम्म एकै दिनमा कार्ड दिन हामी प्रयास गर्नेछौँ।”
सरकारले दुई महीना पहिले ‘मास प्रिन्टर’ ल्याएको थियो। अहिले जडान सकिएर परीक्षणसमेत भइसकेको छ। तर, ‘मास प्रिन्टरबाट छपाइको काम भने शुरू भएको छैन। -रासस
" /> काठमाडौं। यातायात व्यवस्था विभागमा अहिले झण्डै साढे सात लाख ‘स्मार्ट लाइसेन्स’ (चालक अनुमतिपत्र) छाप्न बाँकी छ।यो ‘अहिले देशभरका यातायात कार्यालयबाट छपाइका लागि आवेदन परेको सङ्ख्या हो।

">