सीमाबारे सेनाको चासो

काठमाडौं। भारतको नयाँ राजनीतिक नक्साबारे जंगीअड्डामा छलफल भएको छ।

नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको आजको अन्नपूर्ण पोष्टमा समाचार छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूमि रक्षामा सुरक्षाकर्मी चुक्न नहुने भन्दै अन्य सुरक्षा निकाय प्रमुखसँग छलफल चलाएका हुन्।

नेपाली भूमिमा रहेको भारतीय सुरक्षाकर्मी फिर्ता पठाउने र अन्य सीमा पनि सुरक्षित गर्न कुटनीतिक एवं रणनीतिक तयारीमा सेना अग्रसर छ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकमा पाँच दशकदेखि भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेकामा कसरी फिर्ता पठाउने भन्नेबारे जंगीअड्डामा बहस भएको सैन्य स्रोतले बताएको छ।

प्रधानसेनापति थापाले सुरक्षा निकायका प्रमुखसँग पछिल्लो सुरक्षा अवस्था र सहकार्यबारे छलफल राखेको भए पनि भारतीय सीमा अतिक्रमणबारे बहस भएको एक सुरक्षा अधिकारीले बताए।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल पनि जंगीअड्डामा पुगेका थिए।

सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले सुरक्षा निकायको छलफल भएको स्वीकार गरे पनि त्यसलाई नियमित भने।

प्रतिक्रिया दिनुहोस्