काठमाडौं। गर्भपतनपछि हरेक महिला भावनात्मक चोटका कारण दु:खी हुन्छन् । चाहे त्यो आफ्नै निर्णयबाट गरिएको होस् वा विभिन्न कारणले गर्भपतन भएको होस् । तर आइतबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको स्त्रीरोग कक्षमा उपचाररत १२ वर्षीया बालिका भने आफ्नो गर्भपतन भएको भेउसमेत नपाई पुतलीसँग खेल्दै थिइन् ।

बौद्धिक अपाङ्गता भएकी १२ वर्षीया बालिका गर्भवती भएकाले उनको गर्भपतन गराइएको हो । उनी उमेर सानो भएकाले मात्र गर्भपतन भएको भेउ नपाएकी हैनन्, बौद्धिक अपाङ्गताका कारण पनि गर्भपतन तथा आफूलाई के भएको हो भन्ने समेत थाहा पाएकी थिईनन्।

बालिकालाई अछाम जिल्लाबाट एक साताअघि उनका ठूलो बुवाले उपचारका लागि सो अस्पतालमा ल्याएका हुन् । बौद्धिक अपाङ्गता भएका बाबुआमाका सन्तान ती बालिकालाई कुकुरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउन अछामकै बयलगाढा अस्पताल लैजाँदा मात्र बालिकाको पेट सुन्निएको जस्तो देखिएपछि जिल्ला अस्पताल मंगलसेनमा थप परीक्षण गर्दा बालिका गर्भवती भएको थाहा भएको थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीका अनुसार बालिकामाथि यौनहिंसा गरेको आशंकामा २ जनालाई पक्राउ गरिसकिएको छ ।

ती बालिकालाई गोदाबरीस्थित आशा नेपालमा लगिएको छ । महिला, बालबािलका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाई प्रमुख अञ्जु ढुंगानाको सहयोगमा बालिकाको उद्धार गरिएको समाचार आजको गोरखापत्र दैनिकमा छ ।

" /> काठमाडौं। गर्भपतनपछि हरेक महिला भावनात्मक चोटका कारण दु:खी हुन्छन् । चाहे त्यो आफ्नै निर्णयबाट गरिएको होस् वा विभिन्न कारणले गर्भपतन भएको होस् । तर आइतबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको स्त्रीरोग कक्षमा उपचाररत १२ वर्षीया बालिका भने आफ्नो गर्भपतन भएको भेउसमेत नपाई पुतलीसँग खेल्दै थिइन् ।

बौद्धिक अपाङ्गता भएकी १२ वर्षीया बालिका गर्भवती भएकाले उनको गर्भपतन गराइएको हो । उनी उमेर सानो भएकाले मात्र गर्भपतन भएको भेउ नपाएकी हैनन्, बौद्धिक अपाङ्गताका कारण पनि गर्भपतन तथा आफूलाई के भएको हो भन्ने समेत थाहा पाएकी थिईनन्।

बालिकालाई अछाम जिल्लाबाट एक साताअघि उनका ठूलो बुवाले उपचारका लागि सो अस्पतालमा ल्याएका हुन् । बौद्धिक अपाङ्गता भएका बाबुआमाका सन्तान ती बालिकालाई कुकुरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउन अछामकै बयलगाढा अस्पताल लैजाँदा मात्र बालिकाको पेट सुन्निएको जस्तो देखिएपछि जिल्ला अस्पताल मंगलसेनमा थप परीक्षण गर्दा बालिका गर्भवती भएको थाहा भएको थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीका अनुसार बालिकामाथि यौनहिंसा गरेको आशंकामा २ जनालाई पक्राउ गरिसकिएको छ ।

ती बालिकालाई गोदाबरीस्थित आशा नेपालमा लगिएको छ । महिला, बालबािलका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाई प्रमुख अञ्जु ढुंगानाको सहयोगमा बालिकाको उद्धार गरिएको समाचार आजको गोरखापत्र दैनिकमा छ ।

"> यौनहिंसापीडित बालिकाको उद्धार: Dekhapadhi
यौनहिंसापीडित बालिकाको उद्धार
काठमाडौं। गर्भपतनपछि हरेक महिला भावनात्मक चोटका कारण दु:खी हुन्छन् । चाहे त्यो आफ्नै निर्णयबाट गरिएको होस् वा विभिन्न कारणले गर्भपतन भएको होस् । तर आइतबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको स्त्रीरोग कक्षमा उपचाररत १२ वर्षीया बालिका भने आफ्नो गर्भपतन भएको भेउसमेत नपाई पुतलीसँग खेल्दै थिइन् ।

बौद्धिक अपाङ्गता भएकी १२ वर्षीया बालिका गर्भवती भएकाले उनको गर्भपतन गराइएको हो । उनी उमेर सानो भएकाले मात्र गर्भपतन भएको भेउ नपाएकी हैनन्, बौद्धिक अपाङ्गताका कारण पनि गर्भपतन तथा आफूलाई के भएको हो भन्ने समेत थाहा पाएकी थिईनन्।

बालिकालाई अछाम जिल्लाबाट एक साताअघि उनका ठूलो बुवाले उपचारका लागि सो अस्पतालमा ल्याएका हुन् । बौद्धिक अपाङ्गता भएका बाबुआमाका सन्तान ती बालिकालाई कुकुरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउन अछामकै बयलगाढा अस्पताल लैजाँदा मात्र बालिकाको पेट सुन्निएको जस्तो देखिएपछि जिल्ला अस्पताल मंगलसेनमा थप परीक्षण गर्दा बालिका गर्भवती भएको थाहा भएको थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कलेन्द्रविक्रम शाहीका अनुसार बालिकामाथि यौनहिंसा गरेको आशंकामा २ जनालाई पक्राउ गरिसकिएको छ ।

ती बालिकालाई गोदाबरीस्थित आशा नेपालमा लगिएको छ । महिला, बालबािलका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाई प्रमुख अञ्जु ढुंगानाको सहयोगमा बालिकाको उद्धार गरिएको समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्