रौतहट सामूहिक हत्याकाण्ड : अभियुक्त अफताब आलम पक्षका वकिलले बहस गर्दै
रौतहट। १२ वर्षअघि रौतहटको राजपुरमा बम विष्फोटमा परेर घाइते भएकाहरुलाई जिउँदै जलाएको अभियोग लागेका पूर्वमन्त्री एवम् कांग्रेस नेता मोहम्मद आफताब आलम पक्षका वकिलहरुले आज बहस गर्ने भएका छन् ।

२२ कात्तिकमा सरकारी वकिल लगायत जाहेरीकर्ताका तर्फबाट बहस सकिएको थियो । २३ कात्तिकमा शनिवार र २४ कात्तिकमा प्रदेश-२ मा मोहम्मद डेको अवसरमा सार्वजनिक बिदा भएकाले आजमात्र अभियुक्त आलम पक्षबाट बहस हुन लागेको हो ।

आलमको तर्फबाट नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनिल पोखरेल लगायतले बहस गर्ने भएका छन् । उनीहरु बहस गर्न रौतहट पुगिसकेका छन् । त्यस्तै वकालतनामा दर्ता गराएका जिल्लाकै अन्य वकिलहरुले पनि बहस गर्ने जनाइएको छ ।

शुक्रबार जाहेरीकर्ताको तर्फबाट बहस गर्ने वकिलहरुले १२ वर्षअघिको उक्त घटना मानवता विरुद्दको अपराध भएको भन्दै आलमलाई थुनामा राखेरै मुद्दाको प्रक्रिया अघि बढाउनुपर्ने राय पेश गरेका थिए ।

२६ असोज २०७६ मा जिल्ला प्रहरी कार्यालय रौतहटले प्रतिनिधिसभामा रौतहट निर्वाचन क्षेत्र नम्बर २ वाट निर्वाचित संघीय सांसद समेत रहेका आलमलाई पक्राउ गरेको हो । आलमसहित ११ जनाविरुद्ध १८ कात्तिकमा जिल्ला अदालत रौतहटमा मुद्दा दायर भएको छ ।

यसैबीच आलम समर्थकले प्रदर्शन गर्ने सूचना पाएपछि प्रहरीले सदरमुकाम गौरको सुरक्षा व्यवस्था कडा पारेको छ । बिहानैदेखि जिल्ला प्रहरी कार्यालय रौतहटले गौरमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्