सिन्धुली। सिन्धुलीगढीमा ऐतिहासिक राष्ट्रिय युद्ध संग्रहालय निर्माण कार्य बन्दाबन्दीले प्रभावित भएको छ।

नेपाल कब्जा गर्न आएको अंग्रेज फौजलाई हराएर इतिहास कायम गरेको सिन्धुलीगढीमा नेपाली सेनाले गरिरहेको संग्रहालय निर्माण कार्य करिब चार महीना लामो बन्दाबन्दीले प्रभावित भएको हो।

ऐतिहासिक सिन्धुलीगढीको संरक्षणार्थ स्वामित्वकर्ता कमलामाई नगरपालिका सिन्धुलीले निर्माण गरेको पार्क नजिक संग्रहालय निर्माण कार्य शुरू गरेको थियो।

२०७६ मंसीरको पहिलो साताबाट संग्रहालयको निर्माणको काम शुरू भएको सेनाको बर्दबहादुर गणका गणपति विजय थापाले बताए। उनका अनुसार ऐतिहासिक राष्ट्रिय युद्ध संग्रहालय निमार्ण कार्य अहिलेसम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ।

पुरातत्व विज्ञहरू र मेगा सिभिल कन्सल्टेन्ट प्राइभेट लिमिटेडले तयार पारेको संग्रहालयको नक्साङ्कन, ढाँचाकै आधारमा २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यका साथ शुरु भएको काम  बन्दाबन्दीको कारण निर्धारित समयमा सम्पन्न हुन नसकेको गणपति थापाले जानकारी दिए।

अहिले २०७७ असोज मसान्तसम्म संग्रहालय निर्माण सक्ने गरी काम भइरहेको छ।

संग्रहालय पुरानो र नयाँ मिश्रित ढाँचामा निर्माण भइरहेको छ। संग्रहालयभित्र वृत्तचित्रमार्फत गढीको ऐतिहासिक सामरिक महत्व प्रदर्शन गर्न सकिने थिएटर, तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, तत्कालीन युद्धकालीन समयमा घरेलु सेना र विपक्षी सेनाले लगाउने गरेको पोशाक प्रदर्शनका लागि कास्टेरिया, गढी अवलोकनका लागि आउने आन्तरिक वा बाह्य पर्यटकले उपहार स्वरूप लानसक्ने वस्तुहरू उपलब्ध उपहार कक्षलगायत रहने बताइएको छ।

करिब चार हजार ९२० वर्ग फिट क्षेत्रफलमा निर्माण हुने एकतले छ कोठे संग्रहालयको कुल लागत चार करोड ५० लाख रहेको कमलामाई नगरपालिकाका नगर प्रमुख खड्क खत्रीले बताए।

गढी दरबार बनाउनका लागि प्रदेश सरकाले चार करोड बजेट विनियोजन गरेको छ। रासस

" /> सिन्धुली। सिन्धुलीगढीमा ऐतिहासिक राष्ट्रिय युद्ध संग्रहालय निर्माण कार्य बन्दाबन्दीले प्रभावित भएको छ।

"> लकडाउनले राष्ट्रिय युद्ध संग्रहालय निर्माणको काम लम्बियो: Dekhapadhi
लकडाउनले राष्ट्रिय युद्ध संग्रहालय निर्माणको काम लम्बियो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्