काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जनताको पैसा संकलन गरेर चलेका बैंक तथा वित्तीय संस्था निजी नभएको बताएका छन् ।
आज समृद्धि फाइनान्सको उद्घाटन गर्दै गर्भनर नेपालले बैंक तथा वित्तीय संस्थालाई कुनै पनि मुलुकमा निजीका रूपमा नहेरिने बताएका हुन् ।
गर्भनर नेपालले बैंक तथा वित्तीय संस्थालाई निजी उद्योगको रूपमा सञ्चालन गर्न खोजे राष्ट्र बैंकले कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।
कार्यक्रममा बोल्दै उनले भने, “सरकारी नीतिअनुसार बैंक तथा वित्तीय संस्थाले मुलुकको समृद्धिका लागि आफूसँग संकलन भएको निक्षेप परिचालन गर्नुपर्छ ।”
उनले बैंक तथा वित्तीय संस्थालाई आफ्नो निजी उद्योगको जसरी जभाभावी लगानी गर्न दिन नसकिने पनि बताए ।
" /> काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले जनताको पैसा संकलन गरेर चलेका बैंक तथा वित्तीय संस्था निजी नभएको बताएका छन् ।आज समृद्धि फाइनान्सको उद्घाटन गर्दै गर्भनर नेपालले बैंक तथा वित्तीय संस्थालाई कुनै पनि मुलुकमा निजीका रूपमा नहेरिने बताएका हुन् ।

">