काठमाडौं । नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या बढेको छ ।
यो वर्षको अक्टूबर महीनामा मात्रै चीनका १५ हजार ३७ पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यो संख्या गत वर्ष सोही अवधिको तुलनामा ११.५ प्रतिशत बढी हो ।
बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए । उक्त अवधिमा चीनबाट एक लाख ६० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
अक्टूबरमा चिनियाँ पर्यटक बढे पनि नेपालमा कूल पर्यटक आगमनमा छिमेकी मुलुक भारत अगाडि छ ।
सन् २०१९ को दश महीनामा एक लाख ६९ हजार ९५२ भारतीय पर्यटक नेपाल आएका छन । सोही अवधिमा चीनबाट एक लाख ३४ हजार २८१ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
अक्टूबरमा कूल एक लाख ४३ हजार ८७० पर्यटक नेपाल आएका छन् ।
अघिल्लो वर्षको सोही अवधिमा एक लाख ३० हजार ७०४ पर्यटक आएका छन् ।
विश्व भ्रमणमा धेरै पर्यटक निस्कने मुलुक चीनबाट नेपालले अझै पनि बढी पर्यटक नेपालमा भित्र्याउन सकेको छैन । वार्षिक १५ करोड चिनियाँ विश्व भ्रमणमा निस्कन्छन् ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
छिमेकी मुलुक चीनबाट मात्रै पाँच लाख पर्यटकलाई स्वागत गर्ने तयारी रहेको बोर्डले जनाएको छ । रासस