काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधानलाई संशोधन गर्न २९ कात्तिकमा बोलाइएको विशेष साधारण सभा रोकिएको छ ।
विशेष साधारण सभा रोकिएपछि वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा महासंघको १९औं अध्यक्ष बन्ने पक्का भएको हो ।
२२ कात्तिकमा बसेको विधान संशोधन समितिको बैठकमा विशेष साधारणसभा रोक्ने सहमति भएको थियो ।
महासंघमा यसअघि एउटा कार्यकालको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने विद्यमान व्यवस्थालाई हटाउने वा नहटाउनेमा चरम विवाद थियो ।
निर्वाचन प्रणालिबाटै नयाँ अध्यक्ष चुन्नुपर्ने पक्षमा पूर्वअध्यक्ष एवम् विधान संशोधन समितिका संयोजक समेत रहेका चण्ढीराज ढकाल थिए । विधान संशोधनको विपक्षमा अध्यक्ष भवानी राणा, उपाध्यक्ष चन्द्र ढकाल, निवर्तमान अध्यक्ष पशुपति मुरारका लगायत थिए ।
विद्यमान व्यवस्था अनुसार नै वर्तमान अध्यक्ष भवानी राणा वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेकी थिइन् ।
आगामी कार्यकालका लागि चन्द्रप्रसाद ढकाल वरिष्ठ उपाध्यक्षका बलिया प्रतिस्पर्धी हुने देखिएका छन् । ढकालसँगै किशोर प्रधान र उमेशलाल श्रेष्ठ पनि वरिष्ठ उपाध्यक्षका आंकाक्षी देखिएका छन् । वर्तमान कार्यकालका लागि ढकाल एसोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।
वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्दा बाँकी पदमा भने निर्वाचन हुनेछ । नयाँ नेतृत्व चुन्न आगामी चैत्रमा महासंघको अधिवेशन हुँदैछ ।