टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाली खेलाडी कमजोर, दुई बलर शीर्ष सयबाट बाहिरिए

काठमाडौं। आइसीसी टी-२० वरीयताको शीर्ष सय सूचीबाट दुई नेपाली बलर बाहिरिएका छन्।

आइसीसीले १० नोभेम्बरमा सार्वजनिक गरेको नयाँ वरीयता अनुसार बसन्त रेग्मी र अभिनास बोहरा शीर्ष सयबाट बाहिरिएका हुन्। अभिनासले अघिल्लो महीना मात्र बलरको सय सूचीमा इन्ट्री गरेका थिए।

शीर्ष सयमा अटाएका बाँकी तीन बलरको वरीयता पनि खस्किएको छ।

सन्दीप लामिछाने ६४औं बाट झरेर ६९औं पुगेका छन्। सोमपाल कामी ८५औं र करण केसी १००औं स्थानमा झरेका छन्।

शीर्ष ब्याट्सम्यनतर्फ शीर्ष सयमा परेका एक मात्र नेपाली खेलाडी पारस खड्का ५५औं स्थानमा छन्।

अलराउण्डरतर्फ नेपालका तीन खेलाडी शीर्ष सयमा यथावत छन्। जसमा पारस खड्का ३२औं, सोमपाल कामी ६७औं र करण केसी ८८औं स्थानमा छन्।

टीमतर्फ भने नेपाल १२औं स्थानमै यथावत छ।

प्रतिक्रिया दिनुहोस्