यू-१९ च्यालेन्जर्स सिरिजः नेपाल १० विकेटले पराजित
काठमाडौं। बीसीसीआईको आयोजनामा आजदेखि भारतमा शुरू भएको यू–१९ वानडे च्यालेन्जर्स ट्रफी अन्तर्गत पहिलो खेलमा नेपाल यू–१९ ए १० विकेटले पारजित भएको छ।

आज भएको खेलमा नेपाली टोली भारतको यू–१९ सी अर्थात भारत यल्लोसँग १० विकेटले पराजित भएको हो।

नेपालले दिएको ११७ रनको लक्ष्य भारतले २१.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो।

भारतका लागि ओपनर अर्जन ए अजादले नटबउट ६७ रन बनाए। अर्का ओपनर दिव्यान्स अजय कुमार सक्सेनाले नटआउट ५२ रन बनाए।

त्यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर प्रदर्शन गर्दै ११६ रनमै अलआउट भयो। ५० ओभरको खेलमा ३२.१ ओभर खेल्दै नेपालले सबै विकेट गुमाएको हो।

नेपालको लागि कुशल मल्लले सर्वाधिक २६ रन बनाउँदा शेर मल्ले १४ र अरुण ऐरीले १३ रन जोडे। प्रतिस जिसीले ११ रन बनाए भने लोकेश बहादुर बम र खडक बहादुर बोहराले समान १० रन जोडे।
खराब शुरूआत गरेको नेपालले शुरूआत देखि नै विकेट गुमाउँदा सम्हालिएर खेल्न सकेन।

बलिङमा भारत यू१९ ‘सी’ को लागि चिनत्ला रक्षन रेड्डी, विद्याधर सोमासेखर पाटिल, शुभङ समर्थ हेग्ड़े, मुज्ताबा युसुफ र रभी रोशन राम एकबाल सिंहले २२ विकेट लिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्