चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र <p>काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार मुलुकका राजदूतले आज आ&ndash;आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।</p> <p>राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित कार्यक्रममा उनीहरूले ओहोदाको प्रमाणपत्र बुझाएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।</p> <p>ओहोदाको प्रमाणपत्र बुझाउनेमा श्रीलंकाका राजदूत हिमाली सुभाषिणी डि सिल्भा अरुणातिलका, अर्जेन्टिनाका गैरआवासीय राजदूत ड्यानियल चुबरू, लाओसका गैरआवासीय राजदूत बाउनिम चोंघोम र बहराइनका गैरआवासीय राजदूत अब्दुल रहमान मोहम्मद अहमद अल गाउद छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्