दुई किलो कोकिनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं। लागुऔषध नियन्त्रण व्युरो काठमाडौंले दुई किलो १०० ग्राम लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ।

त्रिभुवन विमानस्थलबाट ब्राजिलका ६१ वर्षीय सर्जियो ट्रस ओगावालाई व्युरोले पक्राउ गरेको हो।

व्युरोका अनुसार उनले ल्याएको सुटकेशमा सेतोकालो रंगको कागजले बेरेर ‘फल्सबटम’ बनाई प्लाष्टिकभित्र लुकाएर कोकिन ल्याएका थिए।

लामो समयको निगरानीपछि उनलाई पक्राउ गर्न सफल भएको व्युरोको भनाइ छ।

उनलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्