सागका लागि पुरुष फुटबल टोली घोषणा

काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)का लागि पुरुष फुटबल टोली घोषणा भएको छ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले २० सदस्यीय यू-२३ नेपाली टोली घोषणा गरेका हुन्।

जसमा २३ वर्षमाथिका तीन सिनियर खेलाडीको रूपमा सुजल श्रेष्ठ, गोलकिपर विकेश कुथु र विक्रम लामा अटाएका छन्।

१३औं साग १५-२४ मंसीरमा नेपालमा आयोजना हुँदैछ।

नेपालले १२औं सागमा फुटबलतर्फ स्वर्ण पदक जितेको थियो।

यू-२३ टाेली भए पनि नेपाली टोलीमा राष्ट्रिय टीमबाट खेलिसकेका खेलाडीको बाहुल्य छ।

तीन सिनियर खेलाडीसहित कूल १२ खेलाडीसँग राष्ट्रिय टीमको अनुभव छ।

नेपाली टोली

गोलकिपर: विकेश कुथु, अर्पण कार्की, दीप कार्की

डिफेण्डर: अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिकचेन तामाङ, छिरिङ गुरुङ

मिडफिल्डर: सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापा मगर, निति थापा, सेसेहाङ आङदम्बे, तेज तामाङ

फरवार्ड: विमल घर्ती मगर अभिषेक रिजाल, रेजिन सुब्बा, अन्जन विष्ट

प्रतिक्रिया दिनुहोस्