बि एण्ड आर यू-१९ महिला क्रिकेट: नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं। चीनमा आजदेखि शुरु भएको बि एण्ड आर यू-१९ महिला क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ।

सांघाईमा भएको खेलमा नेपाल थाइल्याण्डसँग २९ रनले पराजित भएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्ड १८.४ ओभरमा ९१ रनमा अलआउट भएको थियो।

९२ रनको लक्ष्य पछ्याएको नेपाल १८.२ ओभर खेल्दै ६२ रनमै अलआउट भयो।

खेलमा दुवै टीमले अतिरिक्त रन धेरै दिएका थिए। तर, नेपालले थाइ इनिङ्समा २८ रन अतिरिक्त दिएको थियो।

प्रशिक्षक कलाम अलिले पनि नेपालले धेरै अतिरिक्त रन दिनु नै गल्ती भएको देखापढीलाई बताए।

साथै धेरै खेलाडीकाे पहिलो अन्तर्राष्ट्रिय खेल भएकाले नर्भस भएको उनकाे भनाइ छ।

थाइल्याण्डका लागि ओपनर नानानतले सर्वाधिक २९ रन बनाएकी थिइन्।

नेपालका लागि बलिङमा कृतिका मरासिनी र खुशी डंगोलले ३-३ विकेट लिए।

यस्तै लक्ष्मी साउदले २ विकेट लिइन्।

नेपालका लागि ब्याटिङमा राजमती ऐरीले सर्वाधिक १२ रन बनाइन् भने लक्ष्मी साउदले १० रन जोडिन्।

बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालले थाई बलरबाट अतिरिक्त रनको रूपमा १७ रन पाएको थियो।

नेपाललाई अलआउट गर्न थाइल्याण्डका लागि अरित्साताले सर्वाधिक ३ विकेट लिइन्। यस्तै थिपात्दना र सुरिदाले २-२ विकेट लिए।

नेपालले अब २७ कात्तिकमा चीनसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्