तराई मधेशमा बाह्रै महीना सिँचाइ सुविधाः ऊर्जामन्त्री
काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले ऊर्जा क्षेत्रसँगै कृषिउपजको अभिवृद्धिका लागि सिँचाइतर्फ पनि उल्लेख्य ध्यान दिएको बताए।

“सरकारले सिँचाइतर्फ ठूला आयोजना अघि बढाइरहेको छ, तराई मधेशमा बाह्रै महीना सिँचाइ सुविधा उपलब्ध गराउने गरी योजना अगाडि बढेको र पहाडमा लिफ्ट सिँचाइका लागि काम भइरहेको छ,” मन्त्री पुनले भने।

शिष्टाचार भेटका लागि पुगेको जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका विदेश मामिला हेर्ने विभागका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलसँग मन्त्री पुनले सो कुरा बताएका हुन्।

सो अवसरमा जापानी प्रतिनिधिमण्डलले नेपालको सिँचाइ क्षेत्रमा सहयोग गर्न आफूहरू तयार रहेको बताएको थियो।

नेपालका लागि जापानी राजदूत मसामिची साइगोसमेत सहभागी भेटमा सिँचाइ र जलविद्युत् क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो।

उपमहानिर्देशक नाकाडाले कृषि, जलस्रोत र सिँचाइको क्षेत्रमा जापानले गर्दै आएको सहयोगको निरन्तरता हुने भन्दै थप सहयोग गर्न जापान तयार रहेको बताएका थिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्