पण्डितले अब बेहुला र बेहुलीको नागरिकता हेरेर मात्र विवाह गराउने
काठमाडौं। जाजरकोटका पण्डितहरुले अब विवाह कर्म गराउनुअघि केटा र केटीको नागरिकता हेर्नुपर्ने भएको छ । जिल्लामा बालविववाह बढेपछि पण्डितहरुले नागरिकता हेरेर उमेर पुगेकाले मात्र विवाह गराउनुपर्ने नियम प्रहरीले बनाएको हो । नियम उल्लंघन गर्ने पण्डितमाथि कारबाही गर्ने प्रहरीको चेतावनी छ ।

''जिल्लाका पण्डितहरुसँग हामीले छलफल गर्यौं  । वर-बधुको जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्रै विवाह कार्यक्रम अघि बढाउन पण्डितहरु सहमत भएका छन्'', जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम बहादुर खत्रीले भने, ''यो नियम नमान्ने पण्डितले कारबाही भोग्नुपर्छ ।''

तथ्यांक अनुसार जाजरकोटमा १९ वर्ष नपुग्दै ७४ प्रतिशत बालबालिकाको विवाह हुने समाचार आजको नयाँपत्रिकामा छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्