राष्ट्रपतिद्वारा नानक जयन्तीको शुभकामना

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले शिख धर्मावलम्बीहरूको विशेष पर्व गुरू नानक जयन्तीको अवसरमा शुभकामना दिएकी छन्।

राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा गुरु नानकले समाजमा शान्ति, सद्भाव, धर्म रक्षा र मानव कल्याणका लागि सबै धर्महरूका बीचमा सद्भाव कायम राख्नका लागि गरेको मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने उल्लेख छ।

गुरू नानकको सन्देशबमोजिम समाजमा विद्यमान जातीय विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता तथा भ्रातृत्व कायम गर्न आ-आफ्नो स्थान र भूमिकाबाट योगदान पुर्‍याउन प्रेरणा मिलोस् भन्ने राष्ट्रपतिको कामना छ।

प्रतिक्रिया दिनुहोस्